२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अनुदानको मल घरभित्र लुकाइयो, १ सय २४ बोरा बरामद

shivam cement
शहबाज खान
२०८२ कार्तिक १३ गते २०:२५
Shares
अनुदानको मल घरभित्र लुकाइयो, १ सय २४ बोरा बरामद

कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ अनराटमा सरकारी अनुदानका लागि पठाइएको मल निजी घरमा लुकाइ राखिएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्र केसीका अनुसार विशेष सूचनाको आधारमा फुलचन्द्र यादवको घरमा छापामारी गर्दा १ सय २४ बोरा डीएपी मल फेला परेको हो । उक्त मल अनुदानका लागि वितरण गर्न पठाइएको भएपनि घरभित्र लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बरामद मललाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका एसपी केसीले जानकारी दिए ।

सम्बन्धित खबर