२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान

draupadi film
मध्यान्ह
२०८१ पुष ५ गते ११:३९
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न र फ्लड लाइट जडान गर्न टेण्डर आह्वान भएको छ । 

शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि टेण्डर आह्वान गरेको हो ।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ । 

बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ । सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ ।

फ्लडलाइट जडानका लागि यसअघि दुई पटक सम्म टेण्डर आह्वान गरिएकोमा दुवैपटक रद्द भएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise