२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले खप्तडमा मनायो योग दिवस

ADV
रुपक खड्का
२०८१ असार ८ गते १८:४०
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले खप्तडमा मनायो योग दिवस

बझाङ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले १०औं अन्तर्राष्ट्रिय योग दिवस खप्तड राष्ट्रिय निकुञ्जमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यस वर्ष ‘आफू र समाजका लागि योग’ भन्ने मूल नाराका साथ खप्तडको त्रिवेणी धाममा योग दिवस मनाइएको हो ।

सामजिक विकास मन्त्रालय, प्रादेशिक आयुर्वेद चिकित्सालय कैलाली र पतञ्जली योग समिति बझाङको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने ८० जना आन्तरिक तथा बाह्य पर्यटकले योगाशनमा भाग लिएका थिए ।

कार्याक्रममा पूर्वमन्त्री पोखरेलले खप्तड राष्ट्रिय निकुञ्जमा धार्मिक तथा आध्यात्मिक खालका कार्यक्रम गरेर पर्यटक भित्र्याउन सकिने बताए । उनले योग शारीरिक अभ्यास मात्र नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली तथा जीवनपद्धति भएको उल्लेख गरे ।

खप्तड बाबा स्वामीले लामो समय यो क्षेत्रमा ध्यान गरेर विश्वमै विद्वानको उपाधि पाएको स्मरण गर्दै उनले प्रत्येक व्यक्तिलौ स्वस्थकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिकरुपमा सवल बनाउन योगले सहयोग पुर्‍याउने बताए । ‘शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ उनले भने ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङका निमित्त कार्यालय प्रमुख कृष्ण कठायतले योग ध्यानका लागि खप्तड राष्ट्रिय निकुञ्ज सबैभन्दा उपयुक्त ठाँउ भएको र योग पर्यटनका लागि पनि आन्तरिक तथा बाह्यय पर्यटकको रोजाइमा पर्ने बताए । जडिबुटीको खानी र स्वच्छ हावापानी भएकाले पनि खप्तड योग पर्यटनका निम्ति अत्यन्तै सम्भावनायुक्त क्षेत्र भएको उनको भनाइ थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise