२०८१ पुष १४ गते आइतवार / Dec 29 , 2024 , Sunday
२०८१ पुष १४ गते आइतवार
Ads

सांसद लामाको पहलमा भारतमा अलपत्र जुम्लाका १३ जनाको उद्धार

ADV
दिलमाया शाही
२०८१ पुष १३ गते २०:५५
सांसद लामाको पहलमा भारतमा अलपत्र जुम्लाका १३ जनाको उद्धार

जुम्ला : राम्रो काम पाउने प्रलोभनमा जुम्लाबाट दार्जलिङका लागि गएका १३ नागरिक अलपत्र परेका छन् । अलपत्र परेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसँगै नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा सदस्य सांसद छिरिङ ल्हामु लामा तामाङको पहलतमा उनीहरु नेपाल फर्कदैछन् ।

उनीहरुलाई नेपाल फर्काउन सांसद लामाले ८० हजार रकम सहयोग गरेकी छन् । सांसद लामा तामाङका अनुसार निर्माण व्यवसायीले काम दिने भनेर भारतमा उनीहरुलाई लगिएको थियो । 

ठेकेदार भागेपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र भएको खबर आएसँगै खानपिन, जुम्लामा रहेको घरसम्म ल्याउन रकमनै पठाइएको सांसद तामाङले बताइन् ।  

एक निर्माण व्यवसायीले दार्जलिङ काममा लगाउने भन्दै लगेको र उनीहरुलाई अरुणञ्चल चीनको सीमानामा लगेका थिए । उनीहरुलाई अलपत्र पारेर छोडेपछि उद्धारका लागि अपिल गरिरहेका थिए । 

त्यस्तै स्थानीय रामचन्द्र नेपालीका अनुसार मिचा गाउँका कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्कीसहित जुम्लाका १३ जना नेपालगञ्जबाट एक जना व्यक्तिले काम गर्न भनेर त्यहाँ लगेको र अलपत्र परेको थिए । 

सांसद लामासँग कुरा भएपछि ८० हजार सहयोग भएर नेपाल आउँदै गरेको उनले बताए । उनीहरु आइतबार  काँकडभिट्टा आइपुग्ने छन् । अलपत्र नागरिकलाई उद्धार गरेको भन्दै स्थानीय र आफन्तले खुशी व्यक्त गरेका छन् । 

उनीहरुले नगद पैसानै दिएर सहयोग गर्ने सांसद लामालाई सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका छन् । सांसद लामाले मध्यरात सम्पर्क गरेर टोलीलाई नेपाल फर्कन व्यवस्था गरेको बताइन् । त्यो टोलीको साथमा जुम्लाकै महेशजंग शाहीले सहजीकरण गरेर जुम्ला फर्काउँदैछन् ।

उनीहरुलाई जुम्लासम्म ल्याउनका लागि सांसद छिरिङ ल्हामु लामा तामाङले ८० हजार, मिचाका सैलेन्द्र केसीले ४५ हजार, कर्साङ ठकुरीले १६ हजार सहयोग गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise