२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

काठमाडौं उपत्यकामा जनमत बढाउन अध्यक्ष दाहालले सारे १३ एजेण्डा

ADV
मध्यान्ह
२०८१ पुष २२ गते १६:३३
काठमाडौं उपत्यकामा जनमत बढाउन अध्यक्ष दाहालले सारे १३ एजेण्डा


काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं उपत्यकाको जनमत बढाउन १३ एजेण्डा अघि सारेका छन् ।   काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा दाहालले काठमाडौं उपत्यकाको जनमत बढाउन १३ एजेण्डा प्रस्ताव गरेका छन् ।   

दाहालले १३ एजेण्डासहित एक वर्षको उपत्यका विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने पनि योजना प्रस्तुत गरेका छन् ।   काठमाडौं, भक्तपुर र ललितपुर गरी कूल १५ वटा निर्वाचन क्षेत्र रहेकोमा गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी सबैमा पराजित भएको थियो । ती जिल्लामा २१ वटा स्थानीय तह रहेकोमा माओवादीले चन्द्रागिरी–२ मा वडा अध्यक्ष र ललितपुरको २ स्थानीय तहको उपप्रमुख जितेको छ । यसरी माओवादीले सहरी इलाकाबाट विश्वास गुमाउँदै गएको छ ।

प्रचण्डले केन्द्रीय समितिमा प्रस्तुत कार्ययोजनामा सहकारी क्षेत्रमा जनमत बढाउन विभिन्न १३ वटा एजेण्डा अगाडि सारेका हुन् । जसमा उपत्यकाको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको सम्मान र जगेर्ना, व्यवस्थित सहरीकरण र बसोबास, पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास छन् ।

त्यस्तै, सबैभन्दा ठूलो समस्या र चुनौतिको रूपमा देखिएको फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणलाई पनि अध्यक्ष प्रचण्डले एजेण्डा बनाएका छन् ।

खानेपानी र ढल निकासको व्यवस्था, बागमती सभ्यताको विकास, उपत्यकाका मूल बासीहरूमाथिको उत्पीडन, सार्वजनिक यातायातको व्यवस्थापनलाई पनि प्रचण्डले अगाडि सारेका छन् ।

प्रचण्डले नदी किनारका वस्तीहरूको व्यवस्थापन, सुकुम्बासी समस्या, दैनिक सेवा प्रवाहको समस्या, स्वबासी एवं सामुदायिक गुठीहरूको समस्या र हरियाली मनोरञ्जन पार्कलाई पनि एजेण्डाको रूपमा अगाडि सारेका छन् ।

यी हुन् १३ एजेण्डाः

१. उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरुको सम्मान र जगेर्ना ।

२. व्यवस्थित सहरीकरण र बसोबास ।

३.  पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास ।

४. फोहोर व्यवस्थापन र पर्यावरणको रक्षा ।

५.  खानेपानी र ढल निकासको व्यवस्था ।

६.  बागमती सभ्यताको विकास ।

७.  उपत्यकाका मूल बासीहरु माथिको उत्पीडन । 

८.  सार्वजनिक यातायातको व्यवस्थापन ।

९.  नदी किनारका वस्तीहरुको व्यवस्थापन ।

१०. सुकुम्बासी समस्या  ।

११.  दैनिक सेवा प्रवाहको समस्या  ।

१२. स्वबासी एवं सामुदायीक गुठीहरुको समस्या।

१३. हरियाली मनोरञ्जन पार्क।


 

ADVADV

सम्बन्धित खबर

Advertise