२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

शीतल निवास प्रवेश गरे प्रधान सेनापति सिग्देल

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते १३:५७
शीतल निवास प्रवेश गरे प्रधान सेनापति सिग्देल

काठमाडौँ । भर्खरै प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेन जेडबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ । ससंद विघटनको मागबाट जेन जेडका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो ।

स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौँका मेयर बालेन्द्र साह र जेन जेडले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ ।

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise