२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

देशको असहज परिस्थितिप्रति संयम रहेर जिम्मेवारी वहन गर्न नागरिक सरोकार अभियानको आह्वान

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते १३:२७
देशको असहज परिस्थितिप्रति संयम रहेर जिम्मेवारी वहन गर्न नागरिक सरोकार अभियानको आह्वान

काठमाडौं : नागरिक सरोकार अभियान नेपालले हालैको जेनजी आन्दोलनलाई नेपाली इतिहासकै पहिलो जनविद्रोहको रूपमा व्याख्या गर्दै यसले कांग्रेस–कम्युनिष्ट दलहरूको अहंकारी शासन अन्त्य भएको दाबी गरेको छ । अभियानले मुलुक अब जनतन्त्रको नयाँ युगमा प्रवेश गरेको भन्दै आगामी राजनीतिक व्यवस्थाले जनताको अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिएको छ ।

अभियानका अभियन्ता डा. राजन केसीका अनुसार युवाहरुले भ्रष्टाचार, करदाताबाट उठेको पैसाको दुरुपयोग र नेताहरुका परिवारको विलासी जीवनशैलीविरुद्ध सुरु गरेको आन्दोलन विस्तार हुँदै जनविद्रोहमा परिणत भएको हो । विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनमा बलिदान भएका युवाहरु हाम्रो छोराछोरी नै हुन् । उनीहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारको गोली लागेर मृत्यु हुनु दुर्भाग्यपूर्ण हो । त्यसैले यसलाई जनविद्रोहको मान्यता दिनु नै उचित हुन्छ ।”

बैठकपछि जारी निष्कर्षमा नागरिक सरोकार अभियानले संसद् विघटनमार्फत नयाँ बाटो प्रशस्त गर्नुपर्ने तथा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा भएको लुटको छानबिन गरी जिम्मेवारलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ ।

डा. केसीले मुलुकमा नयाँ वर्गको उदय भएको पनि उल्लेख गरे । उनले भने, “यो आन्दोलन किसान वा मजदुर मात्रको थिएन, बरु समान उमेर समूहका युवाहरुको समान उद्देश्यसहितको नयाँ राजनीतिक शक्ति हो, जसले नेपाली राजनीतिमा फरक आयाम ल्याएको छ ।”

अभियानले विदेशी हस्तक्षेप बढ्दै गएको भन्दै त्यसप्रति सतर्क रहनुपर्नेमा पनि चेतावनी दिएको छ । “राष्ट्रको सार्वभौमसत्तामाथि कुनै किसिमको निर्णय आम नागरिकले स्वीकार गर्दैनन्, त्यसको खबरदारी जरुरी छ,” डा. केसीले जोड दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise