२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एउटा म्यानपावरलाई २/२ वटा परिचयपत्र दिन साउदी दूतावास सहमत

Nada
२०८१ पुष २८ गते ०६:२५
Shares
एउटा म्यानपावरलाई २/२ वटा परिचयपत्र दिन साउदी दूतावास सहमत

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी अरेबियाको राजदूतावासबाट म्यानपावर कम्पनीलाई २÷२ वटा परिचयपत्र दिन सहमति जनाएको बताएको छ । शुक्रबार संघका अध्यक्ष राजेन्द्र भण्डारी र साउदी संयोजक बैकुण्ठ पौडेल ‘वैभव’ तथा नेपालका लागि साउदी राजदूत अबु हमिदबीच भिसा आवेदनका सम्बन्धमा रहेका समस्यामा छलफल भएपछि उक्त सहमति भएको हो ।

ncell

छलफलमा सबै व्यवसायीले साउदी आईडी सहज तरिकाबाट पाउनुपर्ने र भिसा सबमिसनका लागि साउदी आईडी भएका सबै म्यानपावर कम्पनीलाई २÷२ प्रति परिचयपत्र दिन सहमति जनाएको साउदी संयोजक पौडेलले मध्यान्हलाई जानकारी दिए । 

पौडेलले साउदी आईडी जरुरी भएका व्यवसायीहरूले साउदी दूतावासले तोकेका सबै कागजपत्रसहित आवेदन गरेमा साउदी दूतावासले त्यस्ता निवेदन लिई साउदी आईडी दिने सहमति जनाएको पनि बताए ।

साथै, उनले २ वटा परिचयपत्र आवश्यक ठानेका व्यवसायी दूतावासले दिएको नमुनाअनुसारको फम्र्याटमा परिचयपत्र  बनाएर प्रत्येक शुक्रबार पेस गर्दा तुरुन्तै संचालक वा एजेन्सी प्रतिनिधि २ जनाकै नाममा परिचयपत्र पाउन सक्ने जानकारी राजदूत हमिदमार्फत आफूहरूले जानकारी पाएको बताए । 

नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाली कामदारको भिसाका लागि आवेदन गर्न दूतावासले प्रदान गर्ने साउदी आईडी अनिवार्य गर्ने गरेको छ । वैदेशिक रोजगार विभागमा हाल दर्ता रहेका करिब १ हजार म्यानपावर कम्पनीमध्ये ४०० भन्दा बढी कम्पनीले साउदी अरेबियामा कामदार पठाउने गरेका छन् ।

तर, हाल साउदी अरेबियाको डिमान्ड ल्याउन सक्ने ठूलो संख्यामा रहेका म्यानपावर कम्पनीले साउदी आईडी नपाउँदा कामदार पठाउन नपाएको बताएका छन् ।

साउदी आईडी नहुने कतिपय म्यानपावर व्यवसायीले भिसा लगाउन अन्य म्यानपावर कम्पनीको सहारा लिनुपर्ने बाध्यता रहेको सम्बन्धमा केही दिनअघि मध्यान्ह दैनिकमा समाचार सार्वजनिक भएको थियो ।

साउदी संयोजक पौडेलले नेपालका म्यानपावर कम्पनीलाई रहेको समस्या समाधानका लागि साउदी दूतावासले प्रतिबद्धता जनाएको भन्दै साउदी अरेबियामा कामदार पठाउने योजना बन(ाएमा व्यवसायी साउदी परिचयपत्रबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर