२०८१ माघ १ गते मङ्गलवार / Jan 14 , 2025 , Tuesday
२०८१ माघ १ गते मङ्गलवार
Ads

श्रम सचिवमा कृष्णहरि पुष्कर

ADV
२०८१ माघ १ गते ०६:३०
श्रम सचिवमा कृष्णहरि पुष्कर

काठमाडौं : कृष्णहरि पुष्कर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव पुष्करलाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले श्रम मन्त्रालयमा सरुवा गरेको हो ।

श्रम मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । सचिव पुष्करले त्रिभुवन विश्वविद्यालयबाट ‘द्वन्द्व, शान्ति र विकास अध्ययन’ विषयमा विद्यावारिधि गरेका छन् । वैदेशिक रोजगारीमा जाने कामदार र रोजगारदाताबीच हुने द्वन्द्वबारे अध्ययन गर्दै उनले द्वन्द्व व्यवस्थापनमा कूटनीतिक नियोगहरूको भूमिकाबारे समेत  विद्यावारिधिमार्फत महत्त्वपूर्ण सिफारिस गरेका छन् ।

रोजगारदाता र कामदारबीच हुने द्वन्द्वबारे गरिएको अध्ययनमा सचिव पुष्करले द्वन्द्व व्यवस्थापनमा कूटनीतिक नियोगहरूको भूमिकाबारे समेत गहन रूपमा उल्लेख गरेका छन् । विगतमा वैदेशिक रोजगार विभागको महानिर्देशकसमेत भएका सचिव पुष्करले जी टु जी सम्झौताबाट दक्षिण कोरिया जाने कामदार र म्यानपावर कम्पनीबाट कतारलगायतका मुलुकमा गई कार्यरत कामदारहरूबीचको द्वन्द्वबारे अध्ययन केन्द्रित गरेका थिए ।

विदेशस्थित नेपाली दूतावासहरूबाट अपेक्षित सहयोग पुग्न नसकेको उल्लेख गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले क्षमता वृद्धि गर्नुपर्ने उनको निष्कर्ष थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise