२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ठकुरी ग्रुपको सहयोगमा नेपाल फर्किए कास्कीका रिमाल

ADV
मध्यान्ह
२०८१ असार ११ गते १८:०२
ठकुरी ग्रुपको सहयोगमा नेपाल फर्किए कास्कीका रिमाल

दोहा, कतार : कतार आएको ६ महिनाबाट नै अलेखबद्ध बनेका कास्की जिल्लाका दिल्ली प्रसाद रिमाललाई ठकुरी ग्रुपले मातृभूमि फिर्तीका लागि नगद सहयोग गरेका छन् । कतारमा रोजगारी गुमाएर अलेखबद्ध बनेका रिमाललाई नेपाल फर्कन उनले तिर्नुपर्ने विभिन्न निकायका जरिवानासमेत ग्रुपले तिरिदिएको छ । पासपोर्टसमेत गुमाएका रिमाललाई ठकुरी ग्रुपकै पहलमा नेपाली राजदूतावासबाट “ट्राभल डकुमेन्ट” बनाएर नेपाल पठाइएको ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष केशु मल्ल ठकुरीले मध्यान्हलाई जानकारी दिए ।

नेपाल फर्किएका रिमालले ठकुरी ग्रुपकै कारण आफू नेपाल फर्किन पाएकोमा आभार व्यक्त गरे । उनले कतारको बढ्दो गर्मी, त्यसैमाथि आफू अलेखबद्ध हुँदा रोजगारविहीन, खाना र बस्न समस्या भइरहेको बेला ग्रुपले आफ्ना लागि खाना बस्नदेखि नेपाल फर्किन र काठमाडौंबाट घरसम्म जान यातायात भाडासमेत उपलब्ध गराएको बताउँदै धन्यवाद व्यक्त गरे ।

ग्रुपले कतारका विभिन्न सार्वजनिक कार्यक्रममा "सुरक्षाका लागि स्वयंसेवक"देखि सुरक्षाकर्मीका रूपमा सशक्त जिम्मेवारी निभाउँदै आएको छ । अहिले पनि समाजमा हातभरि ट्याटु हानेको र अजंगको शरीर भएका व्यक्तिहरू देख्ने बित्तिकै उनीहरूप्रति नकारात्मक धारणा बनाउनेलाई ग्रुपले सामाजिक तथा मानवीय कार्य गरेर उक्त धारणालाई गलत साबित गर्दै आएको छ ।

नेपाली समुदायलाई सहयताका साथै सरकारी निकाय कतार च्यारिटी, रेड्क्रीसेन्ट जस्ता संस्थाले गर्ने मानवीय तथा सामाजिक कार्यका लागि आवश्यक स्वयंसेवकलगायतका कार्यहरूमा सहयोगका लागि हरदम तयार रहेको र जो कोही नेपाली समस्यामा परेमा ग्रुपले सहयोग गर्ने ग्रुपका संयोजक बुलेट राजा ठकुरीले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise