२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

प्रलोभनमा नपर्न नेपाली दूतावासको आग्रह

hardik ivf
२०८१ माघ ५ गते ०६:३५
प्रलोभनमा नपर्न नेपाली दूतावासको आग्रह

काठमाडौं : जर्मनीस्थित नेपाली दूतावासले माल्टा, रोमानिया, क्रोएसियालगायतका मुलुकमा वैदेशिक रोजगारीका शिलशिलामा कार्यरत नेपालीहरूलाई विभिन्न प्रलोभनमा पारी पोल्यान्ड र बुल्गेरिया लगेर अलपत्र पार्ने काम भएको भन्दै सचेत हुन आग्रह गरेको छ ।

जर्मनीस्थित नेपाली दूतावासले शुक्रबार अत्यन्तै जरुरी सूचना जारी गरी उक्त आग्रह गरेको हो ।

टिकटक, ह्वाट्सएप, फेसबुकलगायतका सामाजिक संजालमार्फत विभिन्न प्रकारका झुटा प्रलोभन दिने विवरण प्रचारप्रसार भइरहेको बताउँदै दूतावासले रोमानियामा काममा लगाउने भन्दै नेपालबाट लगेर दुवै देशमा अलपत्र पार्ने गरेको पाइएको पनि बताएको छ ।

दूतावासले नेपालबाट जुन मुलुकका लागि श्रम स्वीकृति लिएको हो, सोही मुलुकमा कार्यरत रहन भन्दै वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्रलोभनमा पार्ने व्यक्ति तथा समूहको पहिचानका लागि काम भइरहेको बताएको छ । दूतावासले कसैसँग आवश्यक जानकारी भए वा पीडित भएको भए उजुरी दिनसमेत आग्रह गरेको छ ।

केही समययता रोमानिया हुँदै सेन्जेनअन्तर्गतका अन्य युरोपेली मुलुकहरू प्रवेश गर्न चाहने नेपाली युवाहरूको संख्या अत्यधिक वृद्धि भएको बताइएको छ । कतिपय सेन्जेन मुलुकमा रोजगारीसँगै स्थायी बसोबासको अवसर समेत छ । 

बिचौलियाहरूले स्थायी बसोबासको सपना बाँडेर धेरै नेपाली युवालाई प्रलोभनमा पारी रोमानियाबाट बुल्गेरिया लगेर अलपत्र पार्ने र लाखौं रकम असुली गर्ने गरेका बताइएको छ । 

कतिपयले सेन्जेन मुलुकमा रोजगारी बसोबास ग्यारेन्टी भन्दै नेपालमा आफ्नो खातामा नहाली अरूको खातामा रकम हाल्न लगाई शोषण गर्ने गरेको र कतिपयले नक्कली कागजात बनाई ‘काम हुँदै छ’ भन्दै रकम असुली गर्ने गरेकोे बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise