२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

खोखो विश्वकप फाइनलमा नेपाली महिला टोली भारतसँग पराजित

hardik ivf
मध्यान्ह
२०८१ माघ ६ गते २०:००
खोखो विश्वकप फाइनलमा नेपाली महिला टोली भारतसँग पराजित

काठमाडौं : २०२५ को विश्वकप खोखोको उपाधि जित्न नेपाली महिला टोलीले ऐतिहासिक अवसर गुमाएको छ । आइतवार राति भएको फाइनल खेलमा भारतले नेपाललाई ७८–४० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो । नेपाली महिलो टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो । यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

फाइनल खेलको पहिलो टर्नमा नेपालले भारतलाई आक्रमण गर्ने मौका दिएको थियो । भारतीय खेलाडी प्रियांका इंगलेले पहिलो टर्नमै आक्रामक प्रदर्शन गर्दै आफ्नो टोलीलाई ३४–० को ठुलो अग्रता दिलाएकी थिइन् । 

दोस्रो टर्नमा भारतीय खेलाडी चैत्रा आरले एक ड्रीम रन अंक जोडेर आफ्नो टोलीलाई थप बलियो बनाइन् । यद्यपि नेपालले बलियो पुनरागमन गर्दै स्कोरलाई ३५–२४ सम्म पु¥याउन सफल भएको थियो ।

तेस्रो टर्नमा भारतले आफ्नो आक्रमणलाई थप तीव्र बनाउँदै नेपाललाई दबाबमा राख्यो । यस क्रममा भारतीय टोलीले ४९ अंकको ठूलो अग्रता कायम ग¥यो । चौथो टर्नमा पनि भारतीय खेलाडी चैत्रा आरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच ड्रीम रन अंक जोडिन् ।

चौथो टर्नको समाप्तिसँगै खेल भारतको पक्षमा ७८–४० मा टुंगियो । खेलभरि भारतीय टोलीको आक्रमण र रक्षात्मक रणनीति प्रभावकारी देखिएको थियो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise