२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुर्खेतमा आजदेखि ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप

ADV
मध्यान्ह
२०८१ असार १४ गते १२:४४
सुर्खेतमा आजदेखि ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप

सुर्खेत : ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आजबाट सुर्खेतमा शुरु हुँदै छ । ई स्पोर्ट्स संघ नेपालको आयोजना र कर्णाली प्रदेश ई स्पोर्ट्स संघको सह–आयोजनामा आज र भोलि शनिबार कर्णाली प्रदेशको सुर्खेतमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पब्जी मोबाइल, मोबाइल लेजेण्ड्स र ई फुटबल खेल समावेश गरिएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ । प्रतियोगिताको छनोट चरणमा पब्जीमा १ सय ३६ टिम, मोबाइल लेजेण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडी सहभागी भएका छन् । 

छनोट चरणबाट अन्तिम चरणमा पुगेका पब्जी मोबाइलका १५ टिम सुर्खेत आएका छन् । स्थानीय टिमको रुपमा टिम कर्णालीले सिधै अन्तिम १६ मा प्रवेश गर्ने अवसर पाएको छ । पब्जीको फाइनल शुक्रबार र शनिबार राति सुर्खेतको कौशिक भेन्युमा सञ्चालन हुनेछ । यस्तै मोबाइल लेजेण्ड्स र फुटबलको फाइनल शुक्रबार अनलाइनमा हुनेछ ।

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको कूल पुरस्कार १२ लाख रुपैयाँ रहेको छ । जसमा पब्जीमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र ई फुटबलमा १ लाख रुपैयाँ राखिएको छ ।

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पुर्‍याउने उदेश्यले ई स्पोर्ट्सको पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको हो । आधुनिक प्रबिधिको खेलको रुपमा विश्वभर उदाएको ई स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट कर्णाली प्रदेशमा ठूलो प्रभाव छाड्ने अपेक्षा आयोजकले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise