२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

draupadi film
मध्यान्ह
२०८१ फागुन २ गते १६:२५
विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित हुन्छ  : महासचिव पोखरेल

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरे पनि पारित हुनबाट नरोकिने बताएका छन् ।  

शुक्रबार एमाले केन्द्रिय कार्यालय च्यासलमा आयोजित अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले ल्याएको अध्यादेशले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसाबले ल्याएको बताए । उनले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताए । २ प्रमुख राजनीतिक दलहरूले सचेततापूर्वक अध्यादेश ल्याएको दाबी गर्दै पोखरेलले पारित गर्न अनेक विकल्पहरू रहेको बताए । ‘विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्छौं’, उनले भने ।

महासचिव पोखरेलले भने, ‘अहिले सरकारले जुन हिसावले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोशिस गरेको छ । अब अध्यादेशको विरोध भयो भन्ने बित्तिकै त्यो कोशिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकी त्यो कोशिस प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसअर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ ।’ 
 

ADV

सम्बन्धित खबर

Advertise