२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मानो छरेर मुरी फलाउने दिन

ADV
सपना बोहरा
२०८१ असार १५ गते ०७:००
मानो छरेर मुरी फलाउने दिन

दाङ : आज असार १५ गते । यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाइने गरिन्छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’भन्ने नारासहित यो वर्ष धान दिवस मनाइँदै छ । 

किसानहरुले आजको दिनलाई मानो छरेर मुरी फलाउने दिनको रुपमा लिने गर्छन् । किसानहरुले यो समयमा मानो छरेर वर्षभरी पुग्ने खेतमा धान फलाउने गर्छन् । बिहानैदेखि किसानहरु हातमा फरुवा, कोदालो काँधमा हलो र जुवाँ बोकेर खेतमा धान रोप्नको लागि जान्छन् भने महिलाहरु पनि धानको बीउ काढ्न र रोप्नमै व्यस्त हुन्छन् । 

विगतको वर्ष जस्तो यो वर्ष कालो बादलले आकाश मडारिएको आकास छैन् । खेतका गरा–गरामा हरिया धानको बीउ उम्रदै छन् ।

खेतका आलीहरु ताछेर धानको बीउ रोप्नको लागि तयार पारिएका बाँझो खेत । तर यो  समयमा खोला नाला र कुलामा बग्ने पानी अझै सोझिएका छन् किसानहरुको खेतमा । मनसुन ढिला शुरु भएसँगै खोलामा अझैँ पानी बगेका छैनन् । किसानलाई मनसुनले साथ नदिएपनि मोटरबाट पानी लगाएर भएपनि धानको बीउ राखेर रोप्नको लागि तयारी अवस्थामा छन् किसानहरु । 

पछिल्लो वर्ष किसानहरु कृषि यान्त्रिकरणमा फड्को मार्दे गएका छन् । किसानहरु पावर टिलर, रोटाभेटर मेसिनहरु अपनाएका छन् भने किसानहरु परम्परागत स्थानीय हलोलाई परिमार्जन गरेर उन्नत फलामे हलोहरु अपनाएका छन् ।

धान रोप्नको लागि बाउसे, रोपरा र हलिहरु पनि तयारी अवस्थामा छन् । आजको दिनमा किसानहरु धानको बीउ रोप्दै दही चिउरा खाने, हिलो छ्यापा छ्याप गरेर एक अर्कामा सद्भाव बाँडेर रमाइलो पनि गर्ने गर्छन् । बिगतको वर्षहरुमाझैँ यो वर्ष पनि स्थानीय तहहरुले  औपचारिक कार्यक्रमको आयोजना गरेर धान दिवस मनाउँदै छन् । 
आइतबारदेखि दाङमा वर्षा शुरु भएको छ । घोराही, १० नारायणपुरका मोतिराम थारु धानको बीउ रोप्ने तयारीमा छन् । उनले मोटरबाट पानी चहार्दै भएपनि रोप्नको लागि धानको बीउ तयार गरिसकेका छन् । उनले पावर टिलर लिएर खेत जोत्नको लागि पानी कुर्दै छन् । ‘यो वर्ष  मात्रै पावर टिलर लिएको हँु’ थारुले भने, ‘अब यसैले जोतेर धानको बीउ लगाउने हो ।’

त्यस्तै घोराही १३ की कुसुम अधिकारी पनि धानको बीउ रोप्ने तयारी अवस्थामा छिन् । त्यसैमाथि आइतबार पानी परेर अब समयमा रोप्न पाइएला कि भन्ने आशामा छिन् ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा धान रोपाइँ शुरु भइसकेको छ । यस वर्ष कार्यालयले ४१  हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिएको छ । दाङको ३८ हजार हेक्टर क्षेत्र फलमा धान खेतीको रुपमा पकेट क्षेत्र समेत छुट्याइएको छ । देउखरी, सौडियार, धर्ना, फुलवारी, तुलसीपुर, मानपुर, बिजौरी, धनौरी, बेला, रामपुर, त्रिपुर, शान्तिनगर, बाघमारे, हेकुली र लालमटियालाई  धान खेतीको लागि पकेट क्षेत्र समेत छुट्याइएको छ । 

पछिल्लो समयमा कृषि क्षेत्रमा पनि यहाँका किसानहरुले निकै फड्को मारिसकेका छन् । हिजोआज कृषकहरुमा पहिलेको जस्तो ढिलो पाक्ने, धेरै पानी लाग्ने धानको बीउहरु लगाउन छोडिसकेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise