२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

जून खसेको दिन

shivam cement
दीपक ज्ञवाली
२०८२ कार्तिक ७ गते १३:०५
Shares
जून खसेको दिन

दिन भन्थे अरूहरू 
रात भोगिरहेको थिएँ म 
पोको परेर खसिरहेको थियो उज्यालो
अँध्याराकोे इनारमा
तैरिरहेका थिए सतहमा
इच्छा र अनुराग
निद्रा र सपना एकैसाथ 

सयपत्री थिए फक्रेका
मखमली थिए फुलेका 
मुर्झाइरहेथ्यो तर मनको फूल 
घोंचिरहेको थियो काँडाले 
मनको गुलाफको 
खसिरहेथ्यो आँखाबाट
टिलपिल टिलपिल 
जून निरन्तर 

खुसी टाँसिरहेका थिए अरू
उल्लासको लहरमा हाँसिरहेका थिए अरू 
भत्किएपछि संवेदनाको बाँध
रूझिरहेको थिएँ आँसुको नदीले 
झरिरहेथ्यो आँखाबाट
रिडी खोला दुईटा 

आमाको आँखाको के कुरा ? 
पाट्टिएका थिए पर्खाइमा 
बाबाको आशाको के कुरा ?
पहेंंलिएका थिए जमराजस्तै 
दिदीको प्रतीक्षाको के कुरा ? 
ओइलाएका थिए मखमली पनि 
फर्किएर मुलबाटोतिर
सबैले बालिरहेका थिए आँखामा 
प्रेमको दीपक

थिइनँ तर म आमाको काखमा
न थिएँ बाबाको काँधमा
हारिरहेको थिएँ 
एउटा जब्बर जीवन 
चाडबाडको दिन । 
(प्रकाशोन्मुख कविता संग्रह “क्रूर सौन्दर्य”  बाट)

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर