२०८२ कार्तिक ७ गते शुक्रवार / Oct 24 , 2025 , Friday
२०८२ कार्तिक ७ गते शुक्रवार
Ads

'नागरिकको सुरक्षा गर्नु नै प्रहरीको प्रमुख कर्तव्य'

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ कार्तिक ७ गते ०८:१५
'नागरिकको सुरक्षा गर्नु नै प्रहरीको प्रमुख कर्तव्य'

कपिलवस्तु : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा सुनिश्चित गर्नु नै प्रहरीको मूल कर्तव्य भएको बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘एआइजी सम्मान कार्यक्रम’मा बोल्दै उनले प्रहरी र समुदायबीचको आपसी विश्वासबिना प्रभावकारी सुरक्षा सेवा सम्भव नहुने बताए ।

“नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो,” उनले भने, “अपराध नियन्त्रण, शान्ति–सुरक्षा र विकासको आधार नै प्रहरी र समुदायबीचको सहकार्य हो ।”

एआइजी चतुर्वेदीले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको बताउँदै जनताको विश्वास नै प्रहरीको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे ।

कार्यक्रमका अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले एआइजी चतुर्वेदीलाई माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गरे । सो कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष आचार्य, कांग्रेस नेता ब्रम्हनन्द उपाध्याय, नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ, अकिल मिया, मुक्तेश्वर मिश्र, विनय गिरीलगायतको उपस्थिति रहेको थियो ।

समाजसेवी कुनाल प्रताप शाहले एआइजी चतुर्वेदीलाई २० किलोको माला लगाइ स्वागत गरे ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाकी दलित समुदायकी चिकित्सक डा. स्मृति हरिजनलाई पनि उद्योग वाणिज्य संघले सम्मान गरेको जनाएको छ ।

कार्यक्रमको स्वागत मन्तव्य हरिओम तुलस्यानले प्रस्तुत गरेका थिए भने संघका अध्यक्ष तिरेश शर्माले अध्यक्षीय मन्तव्य दिएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise