
तिम्रो शरीरमा मगमगाउछ
गुलाफ
मेरो शरीरमा पसिना
तिमी त्यसलाइ फ्लेवर भन्छौ
म भन्छु गन्ध !
छ तिमी र म मा भाषागत भिन्नता
समानता छैन
हाम्रा अभिरुचिहरूमा पनि
मलाई प्रेम छ पसिनाको गन्ध सँग
तिमी त्यसलाई घृणा गर्छौ
र दुर्गन्ध भन्छौ !
तिम्रो सम्बन्ध छ
उच्च महत्वाकांक्षाहरू सँग
तर ,
म भने बाध्य छु
भोको पेट र जिजीविषाका आदेशहरू सँग
मेरै श्रमको आगनमा उभिएर
आफ्ना आदेशका औंलाहरू ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्ना पसिनाका धाराहरूबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास !
म तिम्रो उत्पीडनको पराकाष्ठा
एक 'उत्पिडीत'
तिम्रो शासन ब्यस्थाले लुटेको
एक 'सर्वहारा'
अर्थात् एक 'श्रमिक बर्ग' !
मेरा सपनाहरूमा
वर्गीयताको अङ्कुश लगाउने
२१औं शताब्दीका
ए ! अत्याचारी मालिकहरू हो
सुख ! सयल ! आराम र विलासी जीवन
भोग गरिरहेका
ए ! सुकिला मान्छेहरू हो
अनुमान गर !
के हुन्छ
माटोले मुछिएका श्रमले चिथोरिएका
यी बलिष्ठ खस्रा हातहरूले
अब लस्करै उठाए भने मुठ्ठी ??
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा