२०८२ कार्तिक ७ गते शुक्रवार / Oct 24 , 2025 , Friday
२०८२ कार्तिक ७ गते शुक्रवार
Ads

म एक श्रमिक

shivam cement
सुमिना
२०८२ कार्तिक ७ गते ११:०५
म एक श्रमिक

तिम्रो शरीरमा मगमगाउछ
गुलाफ
मेरो शरीरमा पसिना
तिमी त्यसलाइ फ्लेवर भन्छौ 
म भन्छु गन्ध !
छ तिमी र म मा भाषागत भिन्नता 
समानता छैन 
हाम्रा अभिरुचिहरूमा पनि 
मलाई प्रेम छ पसिनाको गन्ध सँग
तिमी त्यसलाई घृणा गर्छौ
 र दुर्गन्ध भन्छौ !
तिम्रो सम्बन्ध छ 
उच्च महत्वाकांक्षाहरू सँग
तर , 
म भने बाध्य छु 
भोको पेट र जिजीविषाका आदेशहरू सँग
मेरै श्रमको आगनमा उभिएर
आफ्ना आदेशका औंलाहरू ठड्याएर 
तिमी आफूलाई मालिक भन्छौ 
आफ्ना पसिनाका धाराहरूबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास !
म तिम्रो उत्पीडनको पराकाष्ठा 
एक 'उत्पिडीत'
तिम्रो शासन ब्यस्थाले लुटेको
 एक 'सर्वहारा' 
अर्थात् एक 'श्रमिक बर्ग' !
मेरा सपनाहरूमा 
वर्गीयताको अङ्कुश लगाउने
२१औं शताब्दीका
ए ! अत्याचारी मालिकहरू हो 
सुख ! सयल ! आराम र विलासी जीवन
भोग गरिरहेका
ए ! सुकिला मान्छेहरू हो 
अनुमान गर !
के हुन्छ 
माटोले मुछिएका श्रमले चिथोरिएका 
यी बलिष्ठ खस्रा हातहरूले 
अब लस्करै उठाए भने मुठ्ठी ??

ADV

सम्बन्धित खबर

Advertise