२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

दोलखाको रानीवन क्षेत्रमा ८ हजार बिरुवा रोपियो

ADV
गोकर्णप्रसाद भण्डारी
२०८१ असार १५ गते २०:५८
दोलखाको रानीवन क्षेत्रमा ८ हजार बिरुवा रोपियो

दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ को रानीवन पहिरो क्षेत्रमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा स्थानीयहरु उत्साहपूर्वक सहभागि भएका थिए । विगतमा गएको पहिरोले करिव चार सय घरपरिवारलाई विस्थापित गरेको यो पहिरो दोलखा जिल्लाकै ठूलो पहिरोको रुपमा लिएको छ । 

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा वृक्षारोपण गरिएको आयोजनाका जिल्ला संयोजक बिनोद थापाले बताए । 

लापिलाङ रानीवन पहिरोमा डिभिजन वन कार्यालय दोलखा, कालिन्चोक गाउँपालिका दोलखा र वडा नम्बर ५ को कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा ८ हजार बिरुवा वृक्षारोपण गरिएको कालिन्चोक गाउँपालिका ५ का वडा अध्यक्ष सहदेब खड्काले बताए  । 

वृक्षारोपणमा सहभागि स्थानीय ईश्वर थापाले वृृक्षारोपणले पहिरो जान रोकिने र अब बाँस, निगाला, अम्रिसो र एपियरका बिरुवाबाट गाउँलेले आम्दानी समेत गर्ने बताए । 

त्यस्तै अर्का स्थानीय दिपक थामीले पहिरोबाट खेतियोग्य जमिन बगरमा परिणत भएपनि पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाले वृक्षारोपण गर्न सहयोग गरेपछि आफ्नो पाखा जग्गाबाट केही फाइदा हुने आसा जागेको बताए ।

कालिन्चोक गाउँपालिका ५ मा पाँच हेक्टर पहिरो गएको जमिनमा ८ हजार बिरुवा निगालो, बाँस, एपयिर, अम्रिसो जातका बिरुवाहरु पहिरो रोकथामका लागि लगाइएको हो ।  

त्यस्तै दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा पनि १६ हेक्टर वनक्षेत्र जमिन व्यक्तिले हडपेको र सो जग्गा पनि स्थानीय प्रशासनको सहयोगमा फिर्ता गरी वृक्षारोपण गरिएको आयोजनाका संयोजक थापाले बताए । मितेरी पाखा सामुदायिक वन भिमेश्वर नगरपालिका वडा नम्बर ८ मा १६ सय बिरुवा रोप्ने कार्य सम्पन भएको वडा अध्यक्ष काजि बुढाथोकीले बताए । गाई फार्मले सामुदायिक वनको जग्गा, वन क्षेत्र फँडानी गरी कालिञ्चोक गाई फर्म तथा रिसर्च सेन्टरले गाईपालन गरेको थियो ।

यस आयोजनाले वन क्षेत्र क्षयीकरण भएका र पहिरोले वन क्षेत्रमा क्षति पुगेका जग्गामा बिरुवा रोप्ने काम गर्दै आएको छ । आयोजना संयोजक थापाका अनुसार डिभिजन वन कार्यालय दोलखामार्फत बिरुवा व्यवस्थापन गर्न पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग समेत गर्दै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise