जुम्ला : जुम्ला तिला गाउँपालिका ३ का २२ वर्षीय ललितजंग सार्की एक महिनादेखि दुबईबाट सम्पर्कविहीन भएका छन् । फागुन ५ गते नेपाल फर्किंने भनेपनि उनी एक महिनादेखि सम्पर्कविहीन भएका परिवारले जनाएको छ ।
नेपाल फर्किनुअघि उनले परिवारका सदस्यहरूसँग सम्पर्क गरेका थिए । तर आजसम्म घरसम्म आइनपुगेको घरपरिवारले बताएका छन् । फोन तथा अन्य सञ्चार माध्यमबाट सम्पर्क गर्ने धेरै प्रयास गरेपनि सफल हुन नसकेको परिवारले बताएका छन् ।
सार्की रोजगारीका सिलसिलामा ४वर्ष अघि दुबई गएका थिए । उनले २०८१ फागुन ५ गते साँझ नेपाल फर्कने तयारीमा रहेको भन्दै परिवारलाई खबर दिएका थिए, तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी छैन । २०८१ फागुन ५ गते दुबईको एयरपोर्टबाट नेपाल फर्किँदैछु भनेर छोराले फोन गरेको आमा कालु सार्कीले बताइन् ।
उनी ४ वर्षदेखि रोजगारीको सिलसिलामा दुबईमा थिए । उनले छोराले फागुन ५ गते नेपाल फर्किंन लागेको भनेर फोन गरेको बताइन् । उनले भनिन्, ‘त्यसपछि छोराको कुनै अतोपतो छैन । हामीलाई कुन कम्पनी के काम गर्थे भन्ने कुनै जानकारी छैन् ।’ छोराको खोजीकार्य गरिदिनका लागि सरोकारवाला निकायलाई परिवारले आग्रह गरेको छ ।