२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

मायादेवी साझेदारी वनमा डढेलो नियन्त्रण गर्न ‘एयर ब्लोर’ प्रयोग

Nada
सूर्यप्रसाद भुसाल
२०८१ चैत २१ गते २०:४६
Shares
मायादेवी साझेदारी वनमा डढेलो नियन्त्रण गर्न ‘एयर ब्लोर’ प्रयोग

अर्घाखाँची : कपिलवस्तुको मायादेवी साझेदारी वनमा डढेलो नियन्त्रण गर्न १७ जना वन हेरालुसहित  एयर ब्लोर उपकरणको प्रयोग गरिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुको निर्देशनमा वन डढेलो नियन्त्रण गर्न एयर ब्लोर प्रयोग गरिएको हो । 

ncell

कपिलवस्तुको सबैभन्दा पुरानो मायादेवी साझेदारी वनमा अत्यधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको  सबडिभिजन वन कार्यालय पिपराका बरिष्ठ वन अधिकृत मोहन मिश्रले जानकारी दिए ।

एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने भएकाले ब्लोरको सहायताले पात पतिङ्गर सफा गरी फायर लाइन बनाउने  डढेलो लागेपछि नियन्त्रण गर्न ब्लोरको प्रयोग गर्दा नोक्सान कम हुने, आगोको सानो लप्का भए नजिकै पुगेर र ठूलो लप्का छ भने टाढैबाट ब्लोर चलाएर पात हटाउँदै आगो फैलिनबाट रोक्न सकिने भएकोले यो प्रविधि निकै प्रभावकारी भएको वरिष्ठ वन अधिकृत मोहन प्रसाद मिश्रले बताए । 

ब्लोर मेसिनबाट आएको हावाको वेगले पातपतिङ्र उडाएर स्थान परिवर्तन गर्छ । डढेलो लागेको पातलाई एकीकृत गर्दै अन्य पातसँगको सम्पर्क विच्छेद गरी आगो फैलिन नदिने सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मिश्रले दाबी गरे ।

कपिलवस्तुमा अतिक्रमणको चपेटामा पर्दै आएको मायादेवी साझेदारी वनले धेरै विकास निर्माणका काम गर्नुको साथै स्थानीयलाई रोजगारी समेत दिएको साझेदारी वनका अध्यक्ष  दिनेश प्रसाद जयसवालले बताए । 

अत्याधिक रुपमा वन अतिक्रमण भएको भन्दै यसलाई नियन्त्रणमा आफु लागेको र अझै अतिक्रमित जग्गालाई नियन्त्रण गर्ने जयसवालको भनाइ छ । अतिक्रमित नियन्त्रणमा लिएको करिब २० बिघा क्षेत्रफलमा गत वर्ष नै तारवार गरी सीमाना  छुट्याइ  बृहत् रुपमा विक्षरोपण गरिएको छ । सो साझेदारी वनले वास्तविक सुकुम्वासीलाई पहिचान गरी वन व्यवस्थापन गरिरहेको छ ।

वनलाई वन व्यवस्थापन र ऐतिहासिक तथा पर्यटकीय हिसाबले समेत चिनाउँदै प्राचिन गौतमबुद्धको राजधानी तिलौराकोटका साथै खुला सांस्कृतिक संग्राहलय एवं सांस्कृतिक राजधानीको रुपमा परिचित रहेको कपिलवस्तु जिल्लाको आर्थिक, सामाजिक, राजनीतिक  तथा सांस्कृतिक विकासलाई साझेदारी वनले सहयोग पु¥याएको उपभोक्ताहरु बताउँछन् । मायादेवी साझेदारी वनले उपभोक्ताहरुको आयआर्जन वृद्धि गर्ने र बेरोजगारी समस्या हटाउने गरी दिगो  वन व्यवस्थान पर्यपर्यटन, जिविकोपार्जन र सुशासनको अनुभूति गराउँदै अझ सुन्दर बनाउन सबैको सहकार्य आवश्यक रहने अध्यक्ष  जयसवालले बताए ।

बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकासँगै कपिलवस्तु जिल्ला, लुम्बिनी प्रदेश र राज्यको समेत सुन्दर भविष्य निर्माणमा मायादेवी साझेदारी वनको विस्तारमा योजना बनाइ अगाडि बढ्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको साझेदारी वनका वरिष्ठ उपाध्यक्ष सैलेन्द्रकुमार  यादबले बताए ।

साझेदारी वनमा नियमितरुपमा १९ जना कर्मचारी कार्यरत रहेको र वन क्षेत्रमा हुने अन्य विभिन्न गतिविधिहरुमा संलग्नताको आधारमा मासिक अन्य ४० देखि ४५ जना सम्मले रोजगारी प्राप्त गरेको  पिपरा सब डिभिजन प्रमुख मोहन प्रसाद मिश्रले बताए  ।

ताजा खबर

सम्बन्धित खबर