२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

सरकारले दमन गर्‍यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ८ गते १६:१०
सरकारले दमन गर्‍यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

काठमाडौंः जेनजी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । शनिवार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेनजी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन् ।

शनिवार अपरान्ह उनीहरुले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकतावद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेनजी प्रतिनिधि मञ्जना राईले बताइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्। 

राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौं । हामी पछि हट्ने छैनौं यही चेतावनी दिन चाहन्छौं । थुनिएका साथीहरु रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौं ।’ 

जेनजी प्रतिनिधिहरुले सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी समेत दिएका छन् । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे ।

उनले भने,‘हामीलाई युनिफाईड पनि हुन नदिने । यो कस्तो सरकार हो रु युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने रु अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरु छिटो पूरा हुनुपर्छ । सरकारले केही गर्दैन, हाम्रो साथीहरुलाई यसरी दमन गरिन्छ भने हामी सहदैनौं । अझ कहाँ कहाँ जाने हो, गर्ने हो । त्यही भएर आज हामी यही गर्दैछौं  हाम्रो युनिफिकेशन क्याम्पियन जवसम्म पूरा हुँदैन, जे जे गर्नुपर्छ लाग्ने हो । सबैले आफ्नो सबै कुरा छोडेर युनिफाइड हुनुपर्छ देशका लागि ।’

जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो । उनले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise