२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

हत्यामा संलग्न रहेको अभियोगमा किशोर पक्राउ

Nada
२०८२ कार्तिक ८ गते १५:५८
Shares
हत्यामा संलग्न रहेको अभियोगमा किशोर पक्राउ

कास्कीः पोखरा महानगरपालिका–५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भइ सोही महानगरपालिका–५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका–५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

ताजा खबर

सम्बन्धित खबर