२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दूतावासकै अनलाइन जाम गरेर ठग्ने आठ पक्राउ

ADV
मध्यान्ह
२०८१ असार १९ गते २२:०४
दूतावासकै अनलाइन जाम गरेर ठग्ने आठ पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालस्थित दक्षिण कोरियाली दूतावासको अनलाइन प्रक्रिया जाम गरी रकम असुलेर फारम भरिदिने भन्दै ठगेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

दक्षिण कोरिया जान निश्चित समयमा खुल्ने भिसा फारमको टोकन कब्जा गरेर चर्को मूल्य लिएर बेच्ने ८ जनालाई पक्राउ गरिएको एसपी होबिन्द्र बोगटीले बताए । पक्राउ पर्नेहरूमा कलंकीका नवीन पौडेल, पोखराका समेश शेरचन, गोरखाका २१ वर्षीय छिरिङ निमा लामा, भोजपुरका दीपेन्द्र राई, नवलपुरका पवन काफ्ले र संघर्ष ढकाल रहेका छन् । दुई जनाको परिचय भने प्रहरीले खुलाएको छैन ।

उनीहरूले अनलाइन फारम भर्ने प्रक्रिया नै जाम गर्ने गरेको अनुसन्धानबाट खुलेको पनि एसपी बोगटीले बताए । उनीहरूले अनलाइन फारम भर्न नमिल्ने गरी जाम गरेपछि बुक गरेको समय ३० हजार रुपैयाँ लिएर आकांक्षीहरूलाई बेच्ने गरेको पनि बोगटीले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise