२०८१ चैत २५ गते सोमवार / Apr 07 , 2025 , Monday
२०८१ चैत २५ गते सोमवार
Ads

‘पैंचोका उत्पादनमा ग्रामीण टिपिकल स्वाद पाइन्छ’

draupadi film
मध्यान्ह
२०८१ चैत २४ गते २०:३४
‘पैंचोका उत्पादनमा ग्रामीण टिपिकल स्वाद पाइन्छ’

पछिल्लो समय नेपाली कम्पनीले उत्पादन गर्ने खाद्य वस्तुको बजारमा राम्रो उपस्थिति देखिन्छ । आयात गरेर ल्याउने खाद्य उत्पादन भन्दा स्वदेशमै बनेको उत्पादनप्रति उपभोक्ता रुची बढ्दै गएको देखिन्छ । खाद्य उत्पादनमा ‘मेड इन नेपाल’का उत्पादनहरूको बजारमा उपस्थिति बढ्दो छ । आयातित उत्पादनसँगसमेत नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्षम छन् । दुई दशकदेखि मार्केटिङ क्षेत्रमा काम गरेका पैंचो पसल प्रालिका बजार व्यवस्थापक प्रमुख लक्ष्मण गैरेसँग नेपाली उत्पादनको बजार अवस्था लगायतको विषयमा मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

नेपालमा उत्पादन हुने कृषिजन्य उपभोग्य बस्तुको बजारको अवस्था कस्तो छ ?

अहिले नेपालको पूर्वदेखि पश्चिमसम्मको बजारको अवस्था हेर्ने हो भने नेपाली कृषिजन्य उत्पादनको उपस्थिति बलियो बन्दै गएको छ । बजारमा नेपाली उत्पादन बढ्दा नेपाली वस्तुहरू प्रति आम भरोसा समेत बढ्दै गएको छ । अझ पछिल्लो समय नेपाली उत्पादनको माग विदेशमा समेत बढ्दै जाँदा नेपालमा उत्पादन हुने वस्तु अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश समेत गएको छ । नेपाली चाउचाउ, मह, अचार लगायतका खाद्य वस्तुको माग बढ्दो छ । कोभिडको समयमा नेपालमै उत्पादन हुने कृषि उत्पादनलाई बजारमा केही असर गरेपनि अहिले सहज हुँदै गएको छ नेपालीहरूको आम्दानी बढ्दै जाँदा बजार चलायमान भइरहेको छ । त्यसको प्रभाव नेपाली उत्पादनको खपतमा देखिएको छ । 

पछिल्लो समय बजारमा बिक्री कम छ भन्ने धेरै सुनिन्छ । अहिले बजारमा  बिक्री वितरणको अवस्था कस्तो छ ? 

अहिले बजारमा बिक्री कम भएको भन्दा पनि उपभोक्ता छनोटमा गुणस्तरीय उत्पादनहरू पर्न थालेका छन । अहिले सस्तोभन्दा पनि गुणस्तरिय उत्पादनमा उपभोक्ताको जोड देखिन्छ । विगतमा बजारमा आएपछि किन्ने धेरै हुन्थ्यो तर अहिले उपभोक्ताले स्वाद र स्वास्थ्यका लागि लाभदायक वस्तुहरूको प्रयोगमा ध्यान दिने गरेका छन् । यो राम्रो पनि हो । आम उपभोक्ताले खाने र उपभोग गर्ने हरेक वस्तुको आफै विष्लेषण गर्न सक्ने भएका छन् । त्यसैले नराम्रो वस्तु बिक्री कम हुनु स्वभाविक नै हो तर गुणस्तरीय उत्पादनको माग बजारमा बढ्दो छ । 

एक दशकदेखि पैंचो कम्पनीसँग आवद्ध हुनुहुन्छ । पैंचोले आफ्नो उत्पादनलाई बजारसम्म कसरी पुर्‍याउने काम गरेको छ ? 

पैंचो विषेशगरी ग्रामीण किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापना भएको लगानीकर्ता, कृषकदेखि बजार प्रतिनिधिकै लगानी मोडलको कम्पनी हो । गाउँघरका उत्पादनलाई पैंचोले स्वदेश तथा विदेशसम्म पुर्‍याइरहेको छ । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मान्यताको साथ पैंचोले गाउँमा उत्पादन हुने वस्तु मात्र बिक्रि वितरण गर्ने गरेको छ । यस्तै कृषकले उत्पादन गरेको उत्पादन ग्यारेन्टीका साथ कृषि उपज किन्ने कम्पनी समेत हो । ग्रामीण नेपाली किसानसँग जोडिएर कम्पनीले आफ्ना हरेक उत्पादन गर्दै आइरहेको छ । जुन उत्पादनमा नेपालीपन समेत पाइन्छ  । त्यसैले अहिले बजारमा पैंचोले आफ्नो उपस्थिति दर्बिलो बनाएको छ । पहाडमा बस्नु हुने किसानले उत्पादन गरेका कच्चा पदार्थबाट बनेको उत्पादनमा पाइने भिन्नै स्वादले समेत उपभोक्ताको रोजाईमा पैंचोको उत्पादन पर्ने गरेका छन् । पैंचो नेपालको यस्तो कम्पनीले हो, जसले पहाडमा उत्पादन हुने वस्तु देशभरका शहर र विदेशसम्म समेत पुर्‍याउने काम गर्छ । 

पैंचोेले उत्पादन गर्ने मुख्य उत्पादनहरू के–के छन् ? 

नेपालको पहाडी र उच्चपहाडी क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुबाट नै पैचोले आफ्नो उत्पादन वस्तु बनाउने गरेको छ । अहिलेसम्म पैंचो ब्राण्डमा करिब १०० वटा खाद्य तथा पेय वस्तु प्रशोधन गरेर उत्पादन भइरहेको छ । पैंचोले कृषि उत्पादनलाई औद्योगिक प्रशोधनगरी विभिन्न स्वादका २० भन्दा धेरै थरीका अचार छन भने  विभिन्न स्वादका जाम, केचप, सस, सोयासस, टोमेटो प्यूरी, टिमुर छोप, विभिन्न फलफूल र कागतीबाट बन्ने स्क्वास उत्पादन हुँदै आएको छ । परम्परागत खाद्यवस्तु कोदोको पीठो, सिन्की, मस्यौरा तथा पहाडको सिमी दाल र मकैको आटो (च्याँख्ला) बढी रुचाइएको उत्पादन हुन् । हामीले पहाडमा फल्ने अधिकांश कृषि उपजलाई प्रसोधन गरेर उत्पादन गर्ने गरेका छौं । 

अन्त्यमा, पैंचोका उत्पादन बजारमा उपस्थिति कस्तो छ ? 

हाम्रा उत्पादनले स्वदेश र विदेशमा रहेका नेपाली उपभोक्ताको प्रमुख रोजाईमा नै पर्ने गरेको छ । पैंचोले नेपालको पहाडको मात्र उत्पादन प्रयोग गर्ने भएकाले स्वाद नै विषेश छ । पैंचोले उत्पादन गरेका वस्तु अहिले देशभर १० वटा आधिकारिक बिक्रेता, १२ वटा फ्रेन्चाइज शाखा र करिब १ सय डिलरबाट उत्पादन बिक्रि भइरहेको छ । अझै विदेशमा बस्ने नेपाली उपभोक्ताले मन पराइदिनु भएको काले अमेरिका, जापान, अष्टे«लिया, युएईसम्म पैंचोको स्वाद पुगेको छ  । पैंचोका उत्पादनमा ग्रामीण टिपिकल स्वाद पाइने भएकाले उपभोक्तालाई अहिले आयातित समान भन्दा पैंचोले उत्पादन गर्ने उत्पादन प्रति भरोसा बढ्दो छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise