२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

युरोप पठाउने भन्दै कन्सल्ट्यान्सीबाट आठ करोड ठगी

ADV
२०८१ असार २१ गते ०६:४०
युरोप पठाउने भन्दै कन्सल्ट्यान्सीबाट आठ करोड ठगी

काठमाडौं : वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश जान पाउने प्रलोभनमा परी इटहरीमा रहेको एक कन्सल्ट्यान्सीबाट झण्डै तीन सय युवा ठगिएका छन् । सुनसरीको इटहरीमा रहेको इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर (ईटूडब्ल्यू) नामको कन्सल्ट्यान्सीले आधा दर्जन बढी युरोपेली मुलुक देशमा पठाइदिने भन्दै करिब ३ सय युवाबाट ८ करोड रुपैयाँ बराबरको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

कन्सल्ट्यान्सीको इटहरी शाखाका प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा रहेको पीडितहरूको दाबी छ । उक्त कन्सल्ट्यान्सीले माल्टा, पोल्याण्ड, सर्बिया, क्रोएसिया, हंगेरी, ग्रीसलगायतका देशमा पठाइदिने भन्दै ठगी गरेको उजुरीमा उल्लेख छ । कन्सल्ट्यान्सी सञ्चालकले एक व्यक्तिबाट ४० हजारदेखि ४ लाख रुपैयाँसम्म असुली गरेको प्रहरीले बताएको छ ।

कन्सल्ट्यान्सीले कतारमा केन्द्रीय कार्यालय रहेको प्रचारप्रसार गरेर काठमाडौं, बुटवल, इटहरी र चितवनमा गरी चार वटा शाखा सञ्चालन गरेकोे छ । युरोपेली मुलुकमा पठाउने प्रलोभन देखाएर ठगी गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा गत असार ८ गते उजुरी दिएका थिए । 

पीडितहरूको उजुरीपछि इटहरीमा रहेको शाखा कार्यालय श्रम तथा रोजगार कार्यालय विराटनगरले सिल गरेको छ । कन्सल्ट्यान्सीले एनआईसी एशिया, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंकलगायत विभिन्न ८ वटा बैंक खातामा पैसा जम्मा गर्न लगाएर ठगी गरेकोे पीडितहरूले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise