२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लचिलो मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक

Nada
छबि सापकोटा
२०८१ जेठ २२ गते २०:४५
Shares
लचिलो मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक

काठमाडौं ,२१ जेठ । 

ncell

आगामी आर्थिक वर्ष(आव) २०८१÷८२ को मौद्रिक नीति लचिलो बनाउने गृहकार्यमा नेपाल राष्ट्र बैंक जुटेको छ । साउनको पहिलो साता आउने मौद्रिक नीतिको लागि राष्ट्र बैंकले अहिले देखिनै लचिलो मौद्रिक ल्याउने संकेत गरेको छ । चालु आवको दोस्रो र तेस्रो मौद्रिक नीतिको समिक्षामा लचकता देखाएको राष्ट्र बैंक बजेटले ल्याएका कार्यक्रमलाई साथ दिने र आर्थिक गतिविधि चलायमान बनाउने गरी आगामीे मौद्रिक नीति यस पटक बन्ने देखिन्छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा  सरोकारवाला निकायहरुसँग आवश्यक छलफलगरी लचिलो मौद्रिक नीति ल्याउने बताइसकेका छन् । ‘उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा धेरै कुरा आएका छन्, बजेटमा निजी क्षेत्रले उठाउँदै आएको उधारो असुली सम्बन्धी कानून बनाउने विषय सम्बोधन गरेको छ त्यसको सकारात्मक प्रभाव पर्छ ।’

बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फीति समेतको विश्लेषणका आधारमा मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक देखिन्छ । बजेटले आर्थिक वृद्धि ६ प्रतिशत र मुद्रास्फीति ५.५ प्रतिशतमा सिमित राख्ने र १२ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य राखेकोले पनि लचिलो मौद्रिक नीति आवश्यकता देखिएको विज्ञ बताएका छन् । ८०÷९० प्रतिशत हुनुपर्ने सीडी रेसियो ८० प्रतिशतमै सिमित रहेकाले पनि कर्जा विस्तारलाई सहयोग पुग्नेगरी मौद्रिक नीतिमा राष्ट्र बैंकको तयारी देखिन्छ । 

यतिबेला अर्थमन्त्रालय र राष्ट्र बैंकको कामबीच तादत्म्यता मिलाएले समेत बजेटलाई साथ दिनेगरी मौद्रिक नीति आउने देखिन्छ । बजेटले कृषिमा प्रथामिकता दिएको कारणले कृषि लगानीलाई प्रोत्साहन गर्ने र घर कर्जा कारोबार, सहुलियतपूर्ण कर्जा सहज बनाउने गरी मौद्रिक नीतिको  बनाउने तयारी राष्ट्र बैंकले गरेको छ ।  

अर्थमन्त्री र गर्भनरबीचको यस भन्दा अघिको सरकारबीचको टकराबले समेत अर्थ मन्त्रालय र राष्ट्र बैंकबिच द्वन्द्व थियो । त्यसको असर अर्थतन्त्रमा परेको थियो । 
तर, यो पटक दुवै नियामक निकायबीचको सहजीरकरण हुँदा बजेटले लिएको नीतिमा मौद्रिक नीति बन्ने संकेत गर्भनर अधिकारीले गरेका छन् । निजी क्षेत्र समेत बजेटले संबोधन गर्न नसकेको स्थनानमा मौद्रिक नीति लचक भए अर्थतन्त्रलाई चलायमान हुने बताउँछन । निजी क्षेत्रले समेत राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने अपेक्षा गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर