२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्राथमिकतामा जीवन रक्षा

ADV
२०८१ असार २३ गते ०६:३५
प्राथमिकतामा जीवन रक्षा

मनसुन सक्रिय हुँदा देशभर भएको भारी वर्षाले नराम्ररी जनजीवन प्रभावित भएको छ । शनिबार राजधानी उपत्यकाको नदी किनारा क्षेत्र डुबानमा परेको थियो । बागमती, विष्णुमति, धोबीखोला, मनोहरा लगायत खोलाको किनार क्षेत्र डुबानमा पर्नुका साथै कयौं बस्ती जलमग्न भयो । खोला किनारमा रहेको सुकुम्बासी बस्ती डुब्दा कयौं परिवारको जनजीबन कष्टकर बन्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार, राजधानी उपत्यकाकै जस्तो बर्षा देशभर भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी क्षेत्रमा तुलनात्मक बढी बर्षा भइरहेको छ । यी तीन प्रदेशपछि कर्णाली र सुदूरपश्चिम प्रदेशतिर भारी बर्षा हुने अनुमान गरिएको छ । भारी वर्षाका कारण राजधानी उपत्यका जस्तै समथर भू–भाग रहेको क्षेत्र डुबानमा परेको छ । 

पहाडी क्षेत्रमा बाढीपहिरोको समस्या देखिएको छ । बाढी पहिरोका कारणले ज्यान गुमाउनेको संख्या बढिरहेको छ । एकीकृत सूचना संकलन हुन बाँकी रहेपनि बितण्डा नरोकिएकाले क्षति बढ्न सक्ने सहज अनुमान गर्न सकिन्छ । डुबानबाट भौतिक संरचनामा पुग्ने क्षति भन्दा पनि मानवीय जीवन रक्षा यसबेला चिन्ताको विषय बनेको छ । भिरालो जमिनको बस्ती बढी जोखिममा छ । लगातारको बर्षाका कारणले जाने पहिरोबारे पूर्वानुमान गर्न सकिन्न । तसर्थ पहिरोको उच्च जोखिममा रहेको बस्तीका नागरिकको जीवन रक्षा आमचिन्ताको विषय बनेको छ । किनारामा रहेका बस्तीलाई पहिरो र बाढी दुवैको पीर छ ।

मौसमविद्हरुले भने यो वर्ष अहिलेसम्म भएको बर्षालाई अपेक्षित नै भनेका छन् । मनसुन सक्रिय रहेका बेला यतिको बर्षा हुनुलाई सामान्य लिनुपर्ने उनीहरु बताउँछन् । तर यो वर्ष सरदर भन्दा बढी बर्षाको अनुमान गरिएको छ । जुलाईदेखि सेटेम्बरसम्मको महिनालाई त्यसैपनि बढी बर्षा हुने महिनाका रुपमा लिइन्छ । तसर्थ अहिले भइरहेको बर्षालाई स्वभाविक रुपमा लिनुपर्छ । बर्षा त्यसैपनि प्रकृतिको नियमित चक्र हो । प्रकृतिलाई सन्तुलनमा राख्ने नियमित क्रिया अन्तर्गत नै मनसुन सक्रिय हुनु र बर्षा हुनु पनि हो । तर प्रकृतिको यस्तो नियमित चक्रले मानवीय संरचनालाई भने नराम्रोसँग प्रभावित तुल्याउने गर्छन् । जसबाट जोगिनु मानवीय कर्म हो । सँगै, नागरिकको जीवन रक्षा राज्यको दायित्व पनि हो । प्रकृतिलाई उसको सन्तुलनमा हिड्न दिने, तर सँगै नागरिकको जीवन रक्षामा आवश्यक ध्यान दिइनुपर्छ । बिगतका नजीरहरु भने खासै उत्साहजनक छैन । तसर्थ तीन तहकै सरकारले वर्षाबाट सिर्जना हुने संकटबाट नागरिकको जीवन रक्षाको विकल्पमा आवश्यक प्रबन्ध मिलाउनुपर्छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise