काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले संविधानका प्रावधानलाई मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी रहेको र सर्वोच्चले त्यसलाई बदर गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
अध्यक्ष नेपालले संवैधानिक अपेक्षा र जनभावना अनुसार प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको भन्दै सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।'
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies