२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

रोल्पाका कुनै पनि स्थानीय तहले बेरुजु घटाउन सकेनन्

सुर्य प्रकाश बुढा मगर
२०८२ जेठ १ गते १८:१०
रोल्पाका कुनै पनि स्थानीय तहले बेरुजु घटाउन सकेनन्

रोल्पा : रोल्पा जिल्लाका कुनै पनि स्थानीय तहले बेरुजु घटाउन सफल नभएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा रोल्पा जिल्लाका कुनै पनि स्थानीय तहले बेरुजु घटाउन सफल नभएको देखिएको हो ।

प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा रोल्पाका कुनै पनि स्थानीय तहले बेरुजु घटाउन नसकेको देखिएको हो । सुनिल स्मृति गाउँपालिकाको ११ लाख ३६ हजार ३ सय २६ लेखापरीक्षण रकम रहेकोेमा बेरुजु रकम ३ हजार ७ सय ३६ रुपैयाँ अर्थात् ०.३६ प्रतिशत रहेको छ । परिवर्तन गाउँपालिकाको १० लाख ३९ हजार ४ सय ३४ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ६ हजार ८ सय २७ रुपैयाँ अर्थात् ०.६६ प्रतिशत रहेको छ ।

रोल्पा नगरपालिकाको ११ लाख ९९ हजार १ सय ८८ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ११ हजार १ सय ४३ रुपैयाँ अर्थात् ०.८० प्रतिशत रहेको छ ।  रुन्टिगढी गाउँपालिकाको ११ लाख ३१ हजार ९ सय ४७ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १२ हजार ४ सय अर्थात् १.१० प्रतिशत रहेको छ । त्रिवेणी गाउँपालिकाको १० लाख ८६ हजार २ सय २८ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १५ हजार ३ सय ३ रुपैयाँ अर्थात् १.४१ प्रतिशत रहेको छ ।

सुनछहरी गाउँपालिकाको ८ लाख ६० हजार ४ सय लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १५ हजार ९ सय ९५ रुपैयाँ अर्थात् १.८६ प्रतिशत रहेको छ । थबाङ गाउँपालिकाको ७ लाख ९२ हजार १ सय ८९ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १९ हजार ५ सय ५५ रुपैयाँ अर्थात् २.४७ प्रतिशत रहेको छ । लुङ्ग्री गाउँपालिकाको १० लाख २ हजार ४ सय ५५ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ३२ हजार ६ सय ४३ अर्थात् ३.२६ प्रतिशत रहेको छ ।

माडी गाउँपालिकाको ९ लाख ४ सय ८० लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ३१ हजार ५५ रुपैयाँ अर्थात् ३.४५ प्रतिशत रहेको छ । गंगादेव गाउँपालिकाको ९ लाख ४ हजार ३ सय ८२ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ३५ हजार ३ सय ७४ रुपैयाँ अर्थात् ३.९१ प्रतिशत  रहेकोे छ । बेरुजु रकम कम गर्ने रोल्पा जिल्लाका १० स्थानीय तह मध्ये पहिलो सुनिल स्मृति,दोस्रो परिवर्तन गाउँपालिका र तेस्रो रोल्पा नगर पालिका रहेकोे छ भने सबैभन्दा धेरै गंगादेव गाउँपालिका रहेको छ । नेपालको ७ सय ५३  स्थानीय तह मध्ये एक मात्र स्थानीय तह काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।

गत वर्ष महालेखा परीक्षकको कार्यालयको ६१औं प्रतिवेदनमा रोल्पा जिल्लाका कुनै पनि स्थानीय तहको बेरुजु शून्य थिएन । जसमा रोल्पा नगरपालिकाको १५ लाख ७४ हजार ९९ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १७ हजार ६ सय ९५ रुपैयाँ अर्थात् १.१२ प्रतिशत रहेको थियो ।

त्रिवेणी गाउँपालिकाको १२ लाख ५० हजार १ सय ६६ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ३३ हजार ३ सय ८३ रुपैयाँ अर्थात् २.६९ प्रतिशत रहेको थियो । थबाङ गाउँपालिकको १० लाख २३ हजार १ सय ६९ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम २५ हजार १ सय ९६ रुपैयाँ अर्थात् २.४६ प्रतिशत रहेको थियो । परिवर्तन गाउँपालिकाको १२ लाख ९० हजार ६ सय २६ लेखापरीक्षण रकम रहेकोमा बेरुजु १२ हजार ६ सय १० रुपैयाँ अर्थात् ०.९८ प्रतिशत रहेको थियो ।

माडी गाउँपालिकाको १० लाख ९७ हजार १ सय १३ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १६ हजार ६ सय १० रुपैयाँ अर्थात् १.५१ प्रतिशत रहेको थियो । रुन्टिगढी गाउँपालिकाको १२ लाख ९५ हजार २ सय ४८ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ३३ हजार ५ सय ४ रुपैयाँ अर्थात् २.५९ प्रतिशत रहेको थियो ।

लुङ्ग्री गाउँपालिकाको ९ लाख ८ हजार १ सय ९२ लेखापरीक्षण रकम रहेकोमा शून्य बेरुजु रकम ३० हजार ९ सय ७८ रुपैयाँ अर्थात् ३.४१ प्रतिशत रहेको थियो । गंगादेव गाउँपालिकाको १० लाख ६७ हजार १ सय ३९ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम ६५ हजार ४ सय ४० रुपैयाँ अर्थात् ६.१३ प्रतिशत रहेको थियो ।

सुनछहरी गाउँपालिकाको ७ लाख ५९ हजार १ सय ७९ लेखापरीक्षण रहेको रहेकोमा बेरुजु रकम २५ हजार ७ सय ११ रुपैयाँ अर्थात् ३.३९ प्रतिशत रहेको थियो । सुनिलस्मृति गाउँपालिकाको १३ लाख २९ हजार ८७ लेखापरीक्षण रकम रहेकोमा बेरुजु रकम १६ हजार ८ सय ६२ रुपैयाँ अर्थात् १.२७ प्रतिशत रहेको थियो । गत वर्ष रोल्पामा बेरुजु कम गराउने परिवर्तन गाउँपालिका ०.९८ प्रतिशत रहेकोे थियो भने धेरै सुनछहरी गाउँपालिका ३.३९ प्रतिशत रहेको थियो ।

ADV

सम्बन्धित खबर