२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

ओली सरकारमा विज्ञ सल्लाहकार, जेनजी सरकारमा मन्त्री

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ९ गते १५:४२
ओली सरकारमा विज्ञ सल्लाहकार, जेनजी सरकारमा मन्त्री

काठमाडौं : निवर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी विज्ञ सल्लाहकार डा सुधा शर्मा गौतम मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा गौतमलाई मन्त्री नियुक्त गरेका हुन् । 

उनलाई निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विज्ञ सल्लाहकार नियुक्त गरेका थिए । नेपाली कांग्रेसनिकट गौतम पूर्वस्वास्थ्य सचिव पनि हुन् । उनी पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति स्वर्गीय  गिरिजाप्रसाद कोइरालानिकट चिकित्सकका रुपमा चिनिन्थिन् ।  

नेपाल चिकित्सक संघको पूर्वअध्यक्षसमेत रहेकी शर्मा कांग्रेस सरकारबाट धेरै अवसर पाउने कर्मचारीमा पर्छिन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । २०३९ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी शर्मा साढे तीन वर्ष स्वास्थ्य सचिवसमेत भइन् । तत्कालीन मन्त्री राजेन्द्र महतोसँगको विमतिले राजीनामा दिएकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न थिइन् ।

संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओमा सल्लाहकार हुँदै युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको रूपमा काम गरेकोसमेत अनुभव छ । स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार भएर उनको नेतृत्वमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप बनाउँदै थिइन् । निवर्तमान स्वास्थ्यमन्त्री पौडेलले डा. शर्मासहित पाँच जनाको विज्ञ सल्लाहकार नियुक्त गरेका थिए । त्यहीबीच जेनजी आन्दोलनले सरकार ढल्यो ।

जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारमा अघिल्लै सरकारबाट लाभको पद लिइरहेकी शर्मा नियुक्ति भएकोप्रति केही जेनजी अगुवा तथा युवा चिकित्सकहरुले विरोध जनाएका छन् । ‘कांग्रेसमा आबद्ध, निवर्तमान मन्त्रीको विज्ञ सल्लाहकारलाई नयाँ सरकारमा मन्त्री नियुक्त गर्नु खेदजनक छ, यो आन्दोलनकै अपमान हो । यसमा हाम्रो आपत्ति छ’, एक जेनजी अगुवाले भने । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise