२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दरमखोला जलविद्युत आयोजनाबाट ९.६ मेगावाट विद्युत उत्पादन

shivam cement
२०८२ कार्तिक २ गते २१:०३
Shares
दरमखोला जलविद्युत आयोजनाबाट ९.६ मेगावाट विद्युत उत्पादन

काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित दरमखोला जलविद्युत आयोजना ९.६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिका र गुल्मीको मुसीकोट नगरपालिकामा पर्ने उक्त आयोजनाबाट असोज ३१ गतेदेखि ९.६ मेगावाट विद्युत उत्पादन सुरु गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरी जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको थियो। बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी एक अर्ब तीन करोड पाँचलाख पुगेको छ । कम्पनीकाअनुसार उक्त शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकरणको प्रक्रियामा रहेको छ ।

सम्बन्धित खबर