२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

ई-स्पोर्टस पदक विजेता पुरस्कृत

shivam cement
२०८१ असार २४ गते १८:४५
Shares
ई-स्पोर्टस पदक विजेता पुरस्कृत

काठमाडौं : ई-स्पोर्टस संघ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई आज पुरस्कृत गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले सोमबार आयोजित एक कार्यक्रममा मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिता सुर्खेतमा यही असार १४ र १५ गते भएको थियो ।

प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले रु ६० हजार, कोड रेडले रु ४० हजार, सिक्सटी नाइन गेमिङले रु ३० हजार, वीरे नुनले रु २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान रु १५/१५ हजार प्राप्त गरे । त्यस्तै, मिडनाइट ह्याभक रु २० हजार र गुड नाइटले समान रु १०-१० हजार नगद पुरस्कार पाए ।

यसैगरी, ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले रु ४० हजार, दोस्रो भएका सन्देश ओझाले रु ३० हजार, तेस्रो भएका रोशन शर्माले रु २० हजार तथा चौथो भएका निखिल हमालले रु १० हजार नगद पुरस्कार प्राप्त गरे । 

कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्टस संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई-स्पोर्टसलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए । 

सदस्य सचिव घिसिङले ई-स्पोर्टस समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यही अनुरुप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।

राखेपका सदस्यसमेत रहेका ई-स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिँदै वार्षिक पात्रो नै तयारी गरी संघ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर