जुम्ला : जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’भन्ने मूल नाराका साथ पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।
उनले र्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको बताए । उनका अनुसार स्वास्थ्य संस्था र स्वयंसेविका लाई पत्रमाण पत्रसहित सम्मान गरिएको छ । त्यस्तै गाउँपालिका कार्यबाहक अध्यक्ष तथा वडा नम्वर २ का वडाध्यक्ष बलबहादुर बोहोराले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्ण खोप पालिका घोषणा गरिएको हो । उनले भने,‘यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलाउन जरुरी छ ।’
त्यस्तै नेकपा आमोवादी केन्द्रका पातारासी गाउँपालिकाका इन्चार्ज जनक महताराले बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने बताए ।
वि.सं २०३० नेपालाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको प्रति आभार व्यक्त गरे । त्यस्तै नेपाली कांग्रेसका पातारासी गाउँपालिकाको अध्यक्ष गोरबहादुर बोहोराले दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए । उनले घोषणा गर्नुभन्दा ठूलो कुरा नभइ प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए ।
त्यस्तै पूर्ण खोपपालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवालेको सहयोगमा गरिएको जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णा सापकोटाले बताए ।
उनले खोप बालबालिकाको नैसर्गिंक अधिकारभित्र रहेको उल्लेख गर्दै पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएकोे बताए । त्यस्तै स्थानीय तह र सरोकारवालाहरूको अपनत्व र सहभागितामा नियमित खोपको शुद्धीकरण एवं स्थानीय स्रोतको अधिकतम परिचालन गरी सबै बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिका अनुसारका खोपहरू उपलब्ध गराइ खोपबाट बचाउन सकिने रोगको रोग लाग्ने दर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याउनु यो कार्यक्रमको लक्ष्य रहेको छ ।
प्रभावकारी एवम् गणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिनाभित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरघरी सर्वेक्षण, जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुखसापकोटा उपस्थित थिए ।
१९ महिनासम्मका खोप छुटेका बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप पुरा गरिनेछ । यसले विशेषगरी बाल मृत्युदर घटाउन सहयोग गर्ने विश्वास लिइएको छ । पालिकामा ५ वर्ष मुनिका ५ सय २७ जना बालबालिका रहेका छन् । जसमा ०–१५ महिनासम्म २ सय १९ र १६–५९ महिना जम्मा ३ सय ८ रहेका छन् भने जसमा पूर्ण खोप प्राप्त गर्ने २ सय ४७ रहेको छ । कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।