२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १४:४१
नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गरे ।

उनले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरुसँगको कूटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए । उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट समेत पारे । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी जिनपिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउनेबारे चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्टरुपमा आपत्ति रहेको विषय उठाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise