२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १३:४७
जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाएर जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका हुन् ।

उनले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गरे । उनले सबै सांसद एवं संसद् सचिवालयका कर्मचारीहरुलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गरे ।

सांसद शाहीले स्याउ बिक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हेरानी गर्ने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराए । 

उनले भने, ‘जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरुले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारीकरण गर्न गाह्रो पारेको छ । अघिल्लो महिनामात्रै डेढ अर्ब स्याउ आयात भएको छ । त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनुहोला । सकभर एक-दुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ ।’

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ ।

ADV

सम्बन्धित खबर

Advertise