२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु

shivam cement
२०८२ भदौ १८ गते ०९:३६
Shares
करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु

काठमाडौँ : धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ ।

मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मंगलवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको  हो । 

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर