२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

तराई–मधेसमा बढे सर्पदंशका घटना 

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १३:०२
तराई–मधेसमा बढे सर्पदंशका घटना 

काठमाडौंः तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दै गएका छन् ।

सर्पदंशका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरु अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालिन सेवा कक्ष प्रमुख उज्वल झाले जानकारी दिए ।

उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मुत्यु भएको झाले जानकारी दिए ।

वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise