२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न रास्वपाको माग

मध्यान्ह
२०८२ जेठ १३ गते १२:४४
भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालयसमेत जोडिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिन सुरु नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

उनले भने, ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्युसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ । तर हामी राजीनामा मात्रै माग्दै छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पती शुद्धीकरणसँग जोडिएर छानविन गर्न एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद चल्न सक्दैन ।’

गृहमन्त्रीले राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले नारावाजी गरेपछि मंगलबारको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर