२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

सीपसहितकाे सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

मध्यान्ह
२०८२ जेठ २४ गते १६:५७
सीपसहितकाे सक्षम जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितकाे सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन् । श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं  ६४ओैं वार्षिकोत्सब तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समाराेहमा बाेल्दै उनले अहिले शैक्षिक बेराेजगारकाे संख्या धेरै भएकाेमा चिन्ता व्यक्त गर्दै अब सीपसहितकाे शिक्षा हुनुपर्ने धारणा राखे ।

विद्यलयबाट शैक्षिक बेराेजगार बेराेजगार उत्पादन गर्ने क्रम राेक्नुपर्नेमा जाेड दिँदै सिंहले भने,` शैक्षिक प्रमाणपत्रसँगै सीपकाे प्रमाणपत्र दिएर विद्यार्थीले चाहेकाे लक्ष्यमा पुग्न सक्ने सक्षम  बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ ।´ आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ मा पर्ने यस विद्यालयकाे भा‌ैतिक विकासमा जनप्रतिनिधिका रूपमा आफूसहितका जनप्रतिनिधिले भूमिका खेलेकाे स्मरण गरे । उनले विद्यालयले ६४ वर्षकाे इतिहासमा  पुर्याएकाे याेगदान प्रसंशनीय रहेकाे बताए । 

त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्राे काम हुन्छ भन्ने उदाहरण काठमाडौं १ भएकाे पनि बताए । ०६४ अघि र अहिलेकाे अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएकाे दाबी गरे ।  झण्डा फर्फराउन । सांसद हुन जनप्रतिनिध बनेका हाेइनाैं । देश र समाजकाे, देशकाे, जनताकाे  सेवा गर्न राजनीतिमा लागेका हाैं,´ उपप्रधानमन्त्री सिंहले भने, त्यसैले जनप्रतिनिधिले आफ्नाे निर्वाचन क्षेत्रमा शिक्षा,स्वास्थ्य,खानेपानी र अन्य पूर्वाधार विकाससँगै कुनै समस्या परेकाे बेलामा समाधानका लागि पहल गर्नुपर्छ ।´ 

उपप्रधानमन्त्री सिंहले कमजाेरीकाे गित गाएर मात्रै नहुने भन्दै कमजाेरी ओैल्याउने र भएका काम भयाे पनि भन्नुपर्ने बताए । अहिलेकाे संघीय लाेकतान्त्रिक गणतन्त्र कसैकाे दयामायामा प्राप्त नभएकाे भन्दै प्राप्त उपलब्धिलाई जनता र सरकार मिलेर संस्थागत गर्नुपर्ने धारणा राखे । उनले अहिले सरकारले नागरिककाे जीवन र जिविका सहज हाेस् भन्ने चाहना पूरा गर्नका लागि प्रयास गरिरहेकाे बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर