नारायण पंगेनी/मध्यान्ह
पोखरा : हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु.२१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् ।
निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies