२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

नेपाली सेनाद्वारा लुकुममा झाँक्रीको काल्पनिक स्तम्भ निर्माण

shivam cement
बालाराम शेर्पाली
२०८२ जेठ २९ गते २०:४८
Shares
नेपाली सेनाद्वारा लुकुममा झाँक्रीको काल्पनिक स्तम्भ निर्माण

रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुममा परम्परागत झाँक्री नाचको संरक्षण र प्रवर्द्धनका लागि काल्पनिक झाँक्रीको स्तम्भ निर्माण गरिएको छ । 

यो स्तम्भ श्री १५ वाहिनी अड्डाको पहलमा स्थानीय स्रोतसाधन र सामुदायिक सहभागितामा तयार पारिएको हो । 

लुकुम गाउँमा प्रत्येक वर्ष साउने संक्रान्तिपछि आउने पहिलो सोमबार र मंगलबार विशेष झाँक्री नाच गरिन्छ । गाउँको शान्ति, सुरक्षा र समृद्धिका लागि गरिने सामूहिक सांस्कृतिक अनुष्ठान रहेको स्थानीय बताएका छन् । गाउँमा अनिष्ट, रोगव्याधी, प्राकृतिक विपत्ति, झगडा, आगलागीजस्ता घटना घट्न नदिन झाँक्री नाच्ने परम्परा बसालिएको वडाध्यक्ष मनकाजी पुनेले जानकारी दिए ।

झाँक्रीको दर्जनौं भन्दा बढी संख्या रहको लकुममा झाँक्री स्तम्भ निर्माण श्री १५ वाहिनी अड्डा मातहतका श्री बर्द बहादुर गण, श्री बटुकदल गण, श्री ज्वालादल गण,श्री सिद्धिबक्स गण, श्री रनसिंह दल गण, श्री चण्डिदल गण र श्री सूर्यदल गणको सहयोगमा निर्माण गरिएको श्री मध्य पश्चिम पृतना हेड क्वाटरले जानकारी दिएको छ । 

झाँक्री स्तम्भले स्थानीय परम्पराको प्रतिनिधित्व गर्ने चित्र, ढाँचाहरू र सामग्री प्रयोग गरिएको छ । यसले पर्यटकलाई आकर्षित गर्ने तथा बालबालिका र नयाँ पुस्तालाई आफ्नै परम्पराप्रति गर्वको अनुभूति गराउने अपेक्षा समेत गरिएको छ ।

झाँक्री स्तम्भको समुद्घाटन मध्य पश्चिम पृतना हेड क्वाटर पृतनापति उपरथी प्रेम बहादुर पुनले गरेका थिए । 

कार्यक्रमलाई स्थानीय बासिन्दाहरूले परम्परागत भेषमा सहभागिता जनाउँदै स्वागत गरेका थिए । उक्त समारोहमा बोल्दै भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले संस्कृति जोगाउनु भनेको भूमे पहिचान जोगाउनु रहेको बताए । उनले झाँक्री परम्परा मौलिकता रहेको बताए । लुकुमको संस्कृतिको संरक्षणमा सेनाको सहकार्य प्रशंसनीय रहेको उनले बताए । 

हरेक वर्ष नाचिने झाक्रीँ नाचले संस्कृति पर्यटनसँग गासिँएको छ । झाँक्री स्तम्भ निर्माणले लुकुमलाई धार्मिक–सांस्कृतिक गन्तव्य बनाउने आधार तयार पार्ने स्थानीयहरूको विश्वास छ । यसले आन्तरिक पर्यटक मात्र नभइ अध्ययन अनुसन्धान गर्ने विद्वान र संस्कृति अन्वेषकलाई पनि आकर्षण गर्ने सम्भावना देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर