२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

बलान बिहुल गाउँपालिकाको बजेट ५४ करोड

shivam cement
घुरन यादव
२०८२ असार ९ गते २२:४५
बलान बिहुल गाउँपालिकाको बजेट ५४ करोड

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा पालिकाको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०८२÷०८३ का लागि ५४ करोड ३८ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । 

गाउँसभामा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवले कृषक र किसानहरूको आवश्यकतालाई बुझेर वस्तुपरक र परिणाममुखी कार्यक्रमहरू तर्जुमा गर्न किसान समूहहरूको गठनमा जोड दिनुपर्ने बताए ।

रासायनिक मलको विकल्पमा प्राङ्गारिक तथा जैविक मलको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गरिने नीति लिइएको छ । 

कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष रेणु यादवले कृषकलाई विद्युतीय पोल जडान गरेर सिँचाइ र कृषि कार्यमा सहजता ल्याउने तथा गाउँगाउँमा निःशुल्क वाईफाई जडान गर्ने कार्य सुरू भइसकेको बताइन् । 

कार्यक्रममा अधिकृत रमेश यादव, वडाध्यक्षहरू बिनदेश्वर यादव, सुरूज दास, रामकुमार यादव, इन्द्रेव यादव, राजकिशोर यादव, सदस्य सरस्वती यादव लगायत बुद्धिजीवी, पत्रकार तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

सभामा प्रस्तुत बजेटमार्फत कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सूचना प्रविधिलाई प्राथमिकता दिइएको जानकारी दिइएको छ । गाउँपालिकाले स्थानीय आवश्यकता अनुसारको योजना र पारदर्शी बजेट कार्यान्वयनमा प्रतिबद्धता जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise