२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

भगवानपुर गाउँपालिकामा कृषिलाई प्राथमिकता

shivam cement
घुरन यादव
२०८२ असार ११ गते २२:१३
भगवानपुर गाउँपालिकामा कृषिलाई प्राथमिकता

सिरहा : सिरहाको भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ । कार्यक्रम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको प्रमुख आतिथ्यमा तथा गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि यादवले किसानहरूको राहत र प्रवर्द्धनका लागि गाउँपालिकाले निःशुल्क कृषि मिटरको बिल भुक्तानी गर्ने घोषणा गरे । साथै, गरिब, विपन्न र अपाङ्ग परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइने बताए ।

गाउँसभाबाट पारित हुने गरी कृषि तथा पशुपालनमा संलग्न व्यवसायिक कृषकहरूलाई सेवा प्रदायक कार्यालयको सिफारिसमा पुरस्कृत गरिने, विद्यालयहरूमा सीसी क्यामेराको निगरानीमा पठनपाठन गराइने, कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिने, स्थानीय सडक पूर्वाधार सुधार गरिने, गाउँगाउँमा खानेपानीको व्यवस्था मिलाइने र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिने बताइएको छ ।

त्यस्तै, गाउँपालिकाभित्र रहेका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा जोड दिइने र स्थानीय कला, साहित्य तथा पत्रकारितालाई माध्यम बनाएर प्रचार–प्रसार गरिने नीति गाउँसभामा प्रस्तुत गरिएको छ ।

गाउँसभामा प्रस्तुत प्रस्तावहरूमा सहभागी जनप्रतिनिधिहरू र सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

सभा समापन गर्दै अध्यक्ष यादवले प्रस्तावित योजनाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । 

कार्यक्रममा उपाध्यक्ष रेखा यादव, वडाध्यक्षहरू रामकुमार यादव, अमरलाल यादव, बिनोद यादव, मिरा यादव, कार्यपालिका सदस्य कामेश्वर यादव, शिक्षा प्रमुख जिवछ यादव, स्वास्थ्य संयोजक विजय यादव, राजेन्द्र यादव, लक्ष्मण मण्डल लगायतको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise