२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

रुकुमपूर्वमा धान दिवसः किसानमुखी नीतिको माग

Nada
बालाराम शेर्पाली
२०८२ असार १५ गते २२:२०
Shares
रुकुमपूर्वमा धान दिवसः किसानमुखी नीतिको माग

रुकुमपूर्व : ‘निधारमा हिलोको टिका, गलामा धानको माला, हातमा बिरुवा, अनि पाखुरी समाएर रोपाईं’ यस्तो दृश्यले आइतबार रुकुमपूर्वको भूमे गाउँपालिका–३ सीमा गाउँको खेतलाई बालकदेखि वृद्ध अवस्थाका नागरिक र सरकारी कर्मचारी त्यो दृश्यले निकै चहलपहल बनायो । 

ncell

२२औँ राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका  एक मात्रै धान फल्ने खेतमा कार्यक्रम आयोजना गरेर सम्पन्न भयो । ‘अरू चाडपर्वजस्तै भाषणले मात्रै धान दिवस मनाउन सकिन्न,’स्थानीय हरि पुनमगर भन्छन्, ‘यसपटक अतिथिहरू पनि हिलोमा खुट्टा भिजाएरै रोपाईंमा उत्रिए, रमाइलो भयो ।’

‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाइएको दिवस भूमे गाउँपालिका र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रुकुमपूर्वको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले कृषि उत्पादन वृद्धि गर्न राज्यको नीति किसानमुखी हुनुपर्ने बताए । 
उनले खेती गर्न सजिलो बनाउने प्रविधि र यान्त्रिकीकरणलाई प्राथमिकतामा जोड दिने बताए । 

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले कृषि आत्मनिर्भरता हासिल गर्न तीनै तहका सरकार एक भएर काम गर्नुपर्ने बताए । कृषि पेशाबाट आत्मा निर्भर हुन गाउँपालिकाले कृषिलाई जोड दिएको बताए । 

अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता भनेको नीति मात्रै होइन, त्यसको प्रभावकारी कार्यान्वयन पनि रहेको उल्लेख गरे ।  

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलका अनुसार जिल्लाको १ लाख १६ हजार ९० हेक्टर क्षेत्रफलमध्ये १९ हजार ३९५ हेक्टर (१६.७१ प्रतिशत) मात्रै खेतीयोग्य छ । त्यसमा पनि ३५४ हेक्टर (१.८३ प्रतिशत) मा मात्र धान खेती हुने गरेको उनले जानकारी दिए । 

हिमाली जिल्ला रुकुमपूर्वमा प्रमुख अन्नबाली मकै, गहुँ, जौं र आलु हुन् । धान खेतीको सम्भावना भए पनि सिंचाइ र प्रविधिको अभावमा यो विस्तार हुन सकेको पौडेलले बताए । 

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, भूमेका संस्थापक अध्यक्ष रामसुर बुढामगर, उपाध्यक्ष सविना बुढामगर, प्रधानमन्त्री कृषि परियोजनाका प्रमुख मिनबहादुर केसी, जलस्रोत तथा सिँचाइ सवडिभिजनका प्रमुख मदन शाह, जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कृषि अधिकृत थलराज बस्नेतले गरेका थिए । 

uae

सम्बन्धित खबर