२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अस्पतालमा सेवाग्राहीको फोन नउठेपछि महासंघले दियो मोबाइल !

Nada
बालाराम शेर्पाली
२०८२ असार २५ गते २०:५२
Shares
अस्पतालमा सेवाग्राहीको फोन नउठेपछि महासंघले दियो मोबाइल !

रुकुमपूर्व : रुकुमपूर्वको जिल्ला अस्पतालमा सूचना प्रवाहमा भइरहेको समस्यालाई समाधान गर्न नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाले अस्पताललाई मोबाइल सेट हस्तान्तरण गरेको छ ।

ncell

सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका नागरिकहरू अस्पतालमा फोन गर्दा पनि सम्पर्क हुन नसकेको गुनासो चुलिँदै गएपछि महासंघले नागरिक आवाजप्रति संवेदनशील हुँदै अस्पताललाई ‘सेभेन टर्च’ मोबाइल सेट र ९७६७०२७६०० नम्बरको सिमकार्ड प्रदान गरेको हो । 

महासंघ रुकुमपूर्वका अध्यक्ष बसन्त बाँठा मगरले जनताको समस्या प्रत्यक्ष महसुस गर्दै सूचना प्रवाह सहज बनाउन मोबाइल प्रदान गरिएको जानकारी दिए । उनले भने, ‘पत्रकारहरू जनताका समस्यालाई हेरेर मात्र बस्दैनन्, समाधानमा पनि सक्दो भूमिका खेल्न तयार छन् ।’

महासंघका सचिव निराजन शेर्पालीले जनताको आवाज सुन्ने मात्र नभइ जिम्मेवार निकायसम्म पुर्‍याउने काम पत्रकारको हो भन्दै प्रत्यक्ष सहयोगस्वरूप मोबाइल सेट नै किनेर अस्पताललाई उपलब्ध गराइएको बताए ।

मोबाइल हस्तान्तरण कार्यक्रम जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.कृष्ण खरालको कार्यकक्षमै सम्पन्न भएको थियो । कार्यक्रममा महासंघ अध्यक्ष बसन्त बाँठा मगर, उपाध्यक्ष बालाराम शेर्पाली, सचिव निराजन शेर्पाली, प्रेस सेन्टर नेपालका अध्यक्ष जयमान बुढा मगर र कान्ति भ्वाइस टिमको उपस्थिति रहेको थियो । 

स्थानीय तह, स्वास्थ्य कार्यालय तथा प्रदेश सरकारको बेवास्ता र अस्पताल व्यवस्थापनमा देखिएको कमजोरीका कारण नागरिकले भोगिरहेको कठिनाइप्रति ध्यान जानुपर्नेमा स्थानीयवासीहरूले जोड दिएका छन् । अब उक्त मोबाइलमार्फत बिरामी तथा सेवाग्राहीहरूले अस्पतालसँग सिधा सम्पर्क गर्न सक्ने छन् ।

uae

सम्बन्धित खबर