२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेवाः समाजको पाँचौं साधारण सभा सम्पन्न

ADV
२०८१ असार ३० गते ०६:४५
नेवाः समाजको पाँचौं साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले पाँचौं साधारण सभा सम्पन्न गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको पाँचौं वार्षिक साधारण सभाले अध्यक्ष किशन प्रधान, महासचिव देवेन्द्र नारायण श्रेष्ठ र कोषाध्यक्ष मोतीलक्ष्मी श्रेष्ठले पेश गरेको संस्थाको वार्षिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभाका प्रमुख अतिथि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष पुष्पलाल महर्जनले नेपाली समाजका धेरै पक्षमा ठूलो योगदान दिएको वैदेशिक रोजगार क्षेत्रमाथि हाल चौतर्फी आक्रमण भएको भन्दै त्यसको प्रतिवादका लागि समाजले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई घचघच्याउनुपर्ने अवस्था आएको बताए । उनले सकेसम्म धेरै व्यवसायीलाई गोलबन्द गरेर लैजान पनि समाजलाई सुझाव दिए ।

शुभकामना मन्तव्य राख्दै संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठले स्वदेशमा रोजगार नपाएका युवायुवतीलाई वैदेशिक रोजगार व्यवसायीले विदेशमा रोजगारी उपलब्ध गराउने चुनौतीपूर्ण जिम्मेवारी पूरा गरेको भएपनि सरकारले विभिन्न प्रक्रियाबाट व्यवसायीलाई हतोत्साहित गराउने र बद्नाम गर्ने गरेकाले त्यसको सशक्त प्रतिवाद गर्न व्यवसायी एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे । उनले व्यवसायीहरूले खोजेर पेश गरेको मागपत्र प्रमाणीकरणमा पक्षपात र भेदभाव रहेको र सेवा शुल्क परिमार्जन नहुँदा सरकार र कामदार दुवै ठगिएको, संख्या सयलगायत वैदेशिक रोजगार ऐनका नियन्त्रणमुखी र प्रशासनमा रहेका तजबीजी प्रावधान संसोधनलगायतका सुधारका काम बाँकी रहेकाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई प्रभावकारी बनाउनका लागि सक्रियता देखाउन समाजलाई सुझाव दिए । 

वैदेशिक रोजगार समाजका अध्यक्ष उद्धवराज भट्टराई, पत्रकार समाजका उपाध्यक्ष तथा मध्यान्ह राष्ट्रिय दैनिकका प्रतिनिधि रेशमराज पौडेल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रतिनिधि मोहन पन्तले नेवाः समाजले सामाजिक कार्यमा पु¥याएको योगदानको चर्चा गर्दै साधारण सभा सफलताको काममा गरे । कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा समाजका सल्लाहकार मदनकुमार श्रेष्ठले बेलायतबाट पठाएको साधारण सभा सफलताको शुभकामना वाचन गरी सुनाइएको थियो ।  

समाजका अध्यक्ष प्रधानले समाजलाई वैदेशिक रोजगारका समस्या समाधान गर्न संघलाई सहयोग गर्नुका अतिरिक्त नेवारी सभ्यताको विकास र उन्नयनका लागि समाजिक उत्तरदायित्वका काममा पनि सक्रिय बनाउने बताए । सरकारले ल्याएको शून्य लागतले वैदेशिक रोजगारमा जाने कामदार र व्यवसायीलाई असुरक्षित बनाएकाले त्यसमा परिमार्जन गराउनेलगायतका विषयमा समाज लागिपर्नेसमेत अध्यक्ष प्रधानले बताए ।

समाजका तृतीय उपाध्यक्ष प्रवीण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सचिव गगन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समाजले ब्लड क्यान्सरबाट पीडित पदमकुमारी मगरलाई २५ हजार नगद प्रदान गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise