तरुणा जोशी/मध्यान्ह
बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित विलिबगर छिनापानीका तीन जनाको झुण्डीएर बिहीबार मृत्यु भएको छ ।
भारतको तामिलनाडुस्थित कैमुतुर जिल्लाको माधपाठीमा रहेर काम गर्दै आएका श्रीमान श्रीमतीबीच सामान्य झगडा हुँदा आमाले एक छोरा र एक छोरी आफुसंगै झुण्ड्याएर आत्महत्या गरेको उनका आफन्तले बताएका छन् ।
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित विलिबगर छिनापानी स्थायी घर भएका राजकुमार भण्डारीकी २४ बर्षिया श्रीमती धौलीदेवी भण्डारी, उनका एक बर्षका छोरा र तीन बर्षकी छोरीको मृत्यु भएको हो ।
आफू बस्ने कोठाभित्र रहेको पंखामा झुण्डीएर बिहिबार बिहान ११ बजे तिर आत्महत्या गरेको भारतमा नजिकै बस्दै आएका मृतकका आफन्त दिनेश रावलले बताए ।
काम गर्ने शिलसिलामा २ बर्ष अगाडि श्रीमान श्रीमती भारत गएका थिए । उनीहरु भारतमा गाई फर्ममा संगै काम गर्दै आएका थिए । मृतक धौलीदेवी भण्डारी बिरामी भएको बेला श्रीमानले काम गर्न जाउ भन्दा सामान्य झगडा भएको थियो । झगडा भई काम गर्न गाईफर्म गएका श्रीमान कामबाट फकिएपछि कोठाको ढोकामा चुक्कुल लगाईएको थियो । चुक्कुल नखोलेपछि झ्यालबाट हेर्दा झुण्डीएको अवस्थामा देखेको मृतकका श्रीमान राजकुमार भण्डारीले बताए । ८ महिना अगाडि राजकुमार भण्डारीका बुवाको कोरोना लागेर सोही ठाउँमा मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies