२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

सबै महिलालाई एकताको सूत्रमा बाँध्ने पर्व तिज : उपप्रमुख दनुवार

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते २१:४६
सबै महिलालाई एकताको सूत्रमा बाँध्ने पर्व तिज : उपप्रमुख दनुवार

विराटनगर : प्रेस चौतारी मोरङले सोमबार विराटनगरमा हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रम आयोजना गरी दर खाएर पर्व मनाएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशसभा उपप्रमुख सिर्जना दनुवारले तिज अब कुनै जाति वा क्षेत्र विशेषको मात्र नभई हिमाल, पहाड र तराईमा बस्ने सम्पूर्ण महिलाको साझा पर्वका रूपमा स्थापित भएको बताइन् । उनले तिजले दिदीबहिनीबीच भेटघाट, अनुभव साटासाट र आपसी आत्मीयता बढाउने अवसर दिने भएकाले यसको विशेष महत्व रहेको उल्लेख गरिन् ।

विशिष्ट अतिथि विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले तिजलाई धार्मिक मात्र नभई सामाजिक तथा सांस्कृतिक पर्वका रूपमा लिनुपर्ने धारणा राखिन् । उनले तिजजस्ता पर्वले समाजमा महिला एकता र सहकार्य सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइटेलले पत्रकारितामा महिला पत्रकारलाई पुरुष सरह टिक्न चुनौती भए पनि निरन्तर परिश्रम र आत्मविश्वासले सफलता सम्भव हुने बताए । पत्रकार महासंघ मोरङकी अध्यक्ष शुसिला पाठकले तिजलाई सामाजिक, सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले पनि बुझ्नुपर्ने धारणा राखिन् ।

प्रेस चौतारी मोरङ अध्यक्ष चिना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभामुख इन्दिरा दनुवार, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न सञ्चार संगठनका पदाधिकारी तथा महिला पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise