२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दाङ जिल्ला अदालत नमुना अदालत बन्न सफल

ADV
सपना बोहरा
२०८१ साउन ४ गते २०:५८
दाङ जिल्ला अदालत नमुना अदालत बन्न सफल

दाङ : दाङ जिल्ला अदालत नमुना अदालत बन्न सफल भएको छ । अदालतले शुक्रबार घोराहीमा पत्रकार सम्मेलेन गरेर आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका काम कारबाहीको वार्षिक समीक्षा गर्दै अदालतलाई नमुना जिल्ला अदालत बनाउन सफल हुनु मुख्य उपलब्धी भएको बताइएको छ । अठार महिना नाघेका मुद्दा फछ्र्याैट गरी वार्षिक कार्ययोजना बमोजिम लक्ष्यमा पुग्न सफल भएकाले नमुना  जिल्ला अदालत बनाउन सफल भएको अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवले बताएका छन । 

‘आर्थिक वर्ष २०८०/०८१ मा दाङ जिल्ला अदालतले अठार महिना नाघेका मुद्दा शुन्यमा झारेको छ’ पत्रकार सम्मेलनमा न्यायाधीश श्रीवास्तवले भने,‘त्यसैको फल स्वरुप लक्ष्यमा पुग्न सफल भएको हो ।’ 

फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयन गर्न नमुना अदालतका रुपमा यस अदालत छनौट भएको उनले बताए । विगत वर्षहरु भन्दा यस वर्ष कार्ययोजनाको लक्ष्य अनुरुप मुद्दा दर्ता भएको र फछ्र्याैट पनि सोही अनुरुप देखिएको उनले बताए ।

‘अदालतमा पुराना मुद्दालाई प्राथमिकतामा राखेर पेशी चढाइ फछ्र्याैट गर्ने गरिएको थियो,जसले गर्दा पुराना मुद्दा फर्छ्यौट गर्न सहज भएको थियो’ उनले भने । 

दाङ जिल्ला अदालतमा विगतका आर्थिक वर्षका २,०६७ मुद्दा जिम्मेवारी सर्दै आएका र  आर्थिक वर्ष २०८१ असार मसान्तसम्म दर्ता भएका मुद्दा ५,५०४ समेत गरी ३,६१० वटा मुद्दा फर्छ्यौट गरिएको छ ।  १८९४ वटा मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । 

दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दर्ता धेरै हुने गरेको छ । अदालतमा दर्ता हुने अन्य मुद्दाको तुलनामा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता धेरै हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

पछिल्लो एक वर्षमा अदालतमा एक हजार दुइ सय पन्ध्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी गराएका छन्  । त्यसमध्ये ९ सय ७५ वटा मुद्दा  फर्छ्यौट भएका छन् भने दुई सय ४० वटा मुद्दा फैसला हुन बाँकी छन् । 

त्यसैगरी श्रेस्तेदार घिमिरेका अनुसार अंशका पाँच सय ९९ वटा मुद्दा दर्ता भएका छन् भने त्यस मध्ये ३ सय ४९ वटा मुद्दा फर्छ्यौट भएका छन् । दुई सय पचास वटा मुद्दा फैसला हुन बाँकी छन् । 

त्यसैगरी ६ सय तीस वटा चेक अनादरको मुद्दा दर्ता भएका छन् भने तीन सय ६५ वटा मुद्दा  फर्छ्यौट भएको र दुई सय ६५ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ । अदालतमा तीन सय ३७ वटा जालसाज र किर्तेको मुद्दा दर्ता भएका मध्ये दुई सय पाँच वटा मुद्दा फर्छ्यौट भएका छन् भने एक सय ३२ वटा  मुद्दा  फैसला हुन बाँकी रहेको घिमिरेले जानकारी गराए ।  

त्यसैगरी दुई सय २८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यसमध्ये एक सय ४३ वटा मुद्दा फछ्र्र्यौट भएका छन् भने ८५ वटा मुद्दा फैसला हुन बाँकी छन् । त्यस्तै एक सय चौबिस वटा ज्यान सम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ७३ वटा मुद्दा फर्छ्यौट भएको र ५१ वटा मुद्दा फैसला हुन बाँकी रहेको श्रेस्तेदार घिमिरेले वताए ।

त्यसैगरी लिखित बदर, लागुऔषध, सवारी ज्यान र अंगभंग, चोरी तथा डाँका बहुविवाह, बालविवाह, मानव बेचबिखन  लगायतका मुद्दा अदालतमा दर्ता भएका मुद्दा मध्ये आधा बढी फैसला भइसकेको उनले बताए । 

अदालतमा न्यायाधिश र कर्मचारीको समवन्यका कारण छिट्टो समयमा धेरै सेवा प्रवाह गरेको उनको भनाइ छ । अदालतमा ६ जना न्यायाधिशको दरबन्दी रहेकोमा चार जना न्यायाधिश छन् । एक जना काजमा र एक जना दरवन्दी खाली रहेको पनि श्रेस्तेदार घिमिरेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise